BIZMANDU
www.bizmandu.com

सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन, अब ४० लाई ४५ सिटरमा स्तर कायम गर्नुपर्ने

२०८० असार २६

सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन, अब ४० लाई ४५ सिटरमा स्तर कायम गर्नुपर्ने
सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन, अब ४० लाई ४५ सिटरमा स्तर कायम गर्नुपर्ने


काठमाडौं। सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ लाई नौ संशोधन गरेको छ। उक्त सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन गरी सवारी तथा यातायात व्यवस्था नियमावली २०८० कायम भएको छ।

Tata
GBIME

सरकार उक्त संशोधन नियमावली राजपत्रमा प्रकाशित गरेको छ। यो नियमावली राजपत्रमा प्रकाशित भएको मितिदेखि नै लागु हुने राजपत्रमा उल्लेख छ।

सरकारले नियमावली २०५४ को नियम ६ मा संशोधन गरेको छ। जसमा सरुवा दर्ता हुने सवारीमा देखिएको जटिलतालाई समाधान गर्न सरकारले नियमावली संशोधन गरेको हो।

यसको उपनियम ३ बमोजिम दर्ताको लगत कट्टा गर्ने  कार्यालयले त्यसरी लगत कट्टा गरिएको सवारीको छुट्टै अभिलेख खडा गरी दर्ता रहेका सवारी अभिलेख प्रत्येक तीन महिनामा अद्यावधिक गर्नु पर्नेछ।

यस्तै मूल नियमावलीको नियम १८ मा भएको उपखण्ड १ मा रहेका ४० सिट भन्ने शब्दलाई ४५ सिट भन्ने बनाइएको छ। यसअघि सार्वजनिक सवारीमा ४० सिटरलाई मान्यता दिदै आएकोमा अब भने यो संशोधनले ४५ सिटरलाई मान्यता दिने भएको छ।

यसैगरी, खण्ड (क) मा उप खण्ड ४ मा बसको उचाइ ६६ इन्च राखिएको छ। साथै उप खण्ड ७ मा बसको उपयुक्त स्थानमा ढोका, झ्याल वा स्केप ह्‍याचसहितको संकटकालीन निकासको व्यवस्था राखिएको छ।

यस्ता संशोधन गरिएका नियमावली अनुसार यो उपनियम प्रारम्भ हुँदाका बखत संचालनमा रहेका सवारीहरुले स्तर कायम नगरेका यात्रीवाहक सवारीको हकमा यो उपनियम प्रारम्भ भएको मितिले ६ महिनाभित्र त्यस्तो स्तर कायम गर्नुपर्ने उक्त राजपत्रमा उल्लेख छ।