BIZMANDU
www.bizmandu.com

प्रति मेगावाट लागत साढे १७ करोड रहेको माथिल्लो मैलुङले २५% पुँजी जुटाउन सेयर खुलायो

२०८० असार २६

काठमाडौं। माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि साउन ४ देखि १८ गतेसम्म सेयर जारी गर्ने भएको छ।

Tata
GBIME

कम्पनीले जारी पुँजी एक अर्बको २५ प्रतिशत सेयर जारी गर्ने छ। यसैबाट सर्वसाधारणका लागि पनि सेयर बिक्री गर्ने छ।

कम्पनीको सेयरमा कम्तिमा १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ। १४.३ मेगावाट क्षमताको परियोजनाको प्रति मेगावाट लागत १७ करोड ४८ लाख रुपैयाँ छ। 

कम्पनीको लगानी फिर्ता हुने अवधि ७.१० वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि  १२.७६ वर्ष रहेको छ।