BIZMANDU
www.bizmandu.com

सुधारउन्मुख बाह्य क्षेत्रमा सन्तुष्ट देखिएन सेयर बजार, भारी घटबढले फाइनान्स चम्किँदा होटललाई चोट

२०८० असार २५

सुधारउन्मुख बाह्य क्षेत्रमा सन्तुष्ट देखिएन सेयर बजार, भारी घटबढले फाइनान्स चम्किँदा होटललाई चोट
सुधारउन्मुख बाह्य क्षेत्रमा सन्तुष्ट देखिएन सेयर बजार, भारी घटबढले फाइनान्स चम्किँदा होटललाई चोट


काठमाडौं। मुलुकको बाह्य क्षेत्र सुधारउन्मुख रहेको तथ्यांक आएपनि सेयर बजार भने ओरालो लागेको छ।

Tata
GBIME
NLIC

असार मसान्त आउन ६ दिन बाँकी रहँदा सेयर बजार सूचक सामान्य अंकले घट्यो। अघिल्लो दिन फराकिलो फड्को मारेको बजारमा सोमबार भारी उतारचढाव आएको छ। बजार दिनभर ३२ अंकले घटबढ भयो। २१ सयसम्मको विन्दुलाई परीक्षण गरेको बजार अन्त्यमा ०.८ अंक घटेर बन्द भएको हो।

उतारचढावले गर्दा बजारमा कारोबार भने उच्च देखिन्छ। तीन अर्बको हाराहारीको कारोबार लगभग ५० करोड रुपैयाँ बढ्यो। कुल कारोबार साढे ३ अर्ब नाघेको हो। जबकी पछिल्ला तीन कारोबारदेखि कुल कारोबार रकम ३ अर्बमा स्थिर थियो। बजार घटबढ भएपनि कारोबार रकममा भने कुनै फेरबदल थिएन।

यो उतारचढावका दौरान फाइनान्स कम्पनी चम्किएका छन्। करिब ३ प्रतिशत बढेको फाइनान्स उपसमूहका सबै जसो सेयरको मूल्य बढेको पाइयो। गुहेश्वरी मर्चेन्ट फाइनान्स लगभाग साढे ७ प्रतिशत बढ्यो। नेपाल फाइनान्स पनि साढे ६ प्रतिशत जति उक्लिएको छ।

तर अघिल्लो दिन उत्साहजनक रुपमा बढेको होटल उपसमूहमा आज भारी गिरावट छ। सबैभन्दा बढी कारोबार भएको सोल्टी होटल आज मात्रै ६ रुपैयाँ घट्यो। समूह दुई प्रतिशत जति घटेको छ। त्यसपछि सर्वाधिक घटेको जलविद्युत हो।