BIZMANDU
www.bizmandu.com

शिवम् सिमेन्टले एसियन एथलेटिक्स च्याम्पियनसिपका सहभागीलाई स्पोन्सर गर्ने, थाइल्याण्डमा हुँदैछ खेल

२०८० असार २५

शिवम् सिमेन्टले एसियन एथलेटिक्स च्याम्पियनसिपका सहभागीलाई स्पोन्सर गर्ने, थाइल्याण्डमा हुँदैछ खेल
शिवम् सिमेन्टले एसियन एथलेटिक्स च्याम्पियनसिपका सहभागीलाई स्पोन्सर गर्ने, थाइल्याण्डमा हुँदैछ खेल


काठमाडौं। एसियन एथलेटिक्स च्याम्पियनसिपमा सहभागी खेलाडीहरुलाई शिवम् सिमेन्टले प्रायोजन गर्ने भएको छ। यही असार २७ देखि साउन १ गतेसम्म थाइल्याण्डको पटायामा संचालन हुन लागको च्याम्पियनसिपको २५ औं संस्करण हो।

Tata
GBIME
NLIC

प्रायोजनका लागि नेपाल एथलेटिक्स एसोसिएशन र शिवम् सिमेन्टबीच सम्झौता भइसकेको छ। कम्पनीका अनुसार  एसोसिएसनका सचिव आरके विष्ट  र शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङका भीपी निखिल अग्रवालले सम्झौतामा हस्ताक्षर गरे।

अन्तर्राष्ट्रिय खेलसँग समन्वय गर्न पाउदा खेलकुद क्षेत्रसँगै कम्पनीलाई समेत थप हौसला मिलेको अग्रवालले बताएका छन्।

नेपालबाट विभिन्न विधाहरुमा ७ जना खेलाडीले सहभागिता जनाउने छन्। आयुष कुँवर, शिवराज पारकी, फुलमती राना, राजपुरा पच्ची, मुकेशबहादुर पल, सोमबहादुर कुमाल र दीपक अधिकारी प्रतिस्पर्धी हुन्।  

एथलेटिक्समा सहभागी खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल च्याम्पियनसिपहरुमा विभिन्न पदकहरु हासिल गरिसकेका छन्।

च्याम्पियनसिपमा एसियाका विभिन्न ३७ देशहरुबाट खेलाडीहरुले सहभागिता जनाउने बताइएको छ। प्रत्येक २ वर्षमा आयोजना हुने एसियन एथलेटिक्स अघिल्लो पटक चीनमा हुनुपर्ने थियो। कोभिड–१९ को कारण रद्द भएको थियो।