BIZMANDU
www.bizmandu.com

शिक्षा क्षेत्रमा पब्लिक क्याम्पसको योगदान महत्त्वपूर्ण : अर्थमन्त्री डा. महत

२०८० असार २५

शिक्षा क्षेत्रमा पब्लिक क्याम्पसको योगदान महत्त्वपूर्ण : अर्थमन्त्री डा. महत
शिक्षा क्षेत्रमा पब्लिक क्याम्पसको योगदान महत्त्वपूर्ण : अर्थमन्त्री डा. महत


काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसहरुको योगदान महत्त्वपूर्ण रहेको बताएका छन्। नेपाल पब्लिक क्याम्पस संघको ३३ औं वार्षिकोत्सव समारोहमा उनले पब्लिक क्याम्पसको महत्त्व बढेकाले नै संख्या देशैभर बढ्दै गएको बताए।

Tata
GBIME
NLIC

पब्लिक क्याम्पसको उपस्थितिले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुको आर्थिक दायित्व विस्तार हुने क्रम एक हदले रोकेको उनको भनाइ छ।

‘पब्लिक क्याम्पसमा सर्वसाधारणको पनि योगदान रहन्छ। जुन वर्ग समूहबाट पब्लिक क्याम्पस पढ्न आउँछन्, ती क्याम्पसमा खर्चको व्यवस्थापनमा समुदायको पनि सहभागिता आर्थिक दायित्व कम गर्न मद्दत पुगेको छ,’ उनले भने।

अहिले पब्लिक क्याम्पस ठूलो संख्यामा देशैभर फैलिएको छ। पछाडि परेको क्षेत्र र स्थानीय तहमा साधन स्रोत जुटाउन कठिन भएका पब्लिक क्याम्पसलाई सरकारले अनुदान दिने गरेको मन्त्री महतले बताए।

‘यस्ता क्याम्पसहरुमा विद्यार्थी तान्नु सबभन्दा ठूलो चुनौती छ, यो समस्या त्रिभुवन विश्वविद्यालय, पब्लिक क्याम्पस र निजी क्याम्पसहरुले भोगिरहेका छन्। विदेश गएर पढ्ने संस्कृति अत्यन्त ज्यादा छ,’ उनले भने।

मन्त्री महतले बाहिर जाँदैमा सबै कुरा विद्यार्थीको पक्षमा हुन्छ भन्ने अवस्था नरहेको बताए। यसमा आर्थिक दायित्व थप त छँदैछ। अरु कोणबाट पनि उत्कृष्ट हुन्छ भन्ने कुनै ग्यारेन्टी नरहेको उनको भनाइ थियो।

‘तर पनि पढ्न बाहिर जानुपर्छ भन्ने मानसिकता हाम्रो समाजमा व्यप्त छ। यसलाई रिर्भस गर्नुपर्ने आजको आवश्यकता छ,’ उनले भने।

आफू अध्ययनका लागि बाहिर गएको स्मरण गर्दै मन्त्री डा. महतले बाहिर जाने कुरा स्वतन्त्रतासँग जोडिएको बताए। २०४६ सालसम्म बाहिर गएर अध्ययन गर्ने कुरा विरलै हुन्थ्यो, छात्रवृत्तिमा सीमित मान्छे जान्थे।

‘मान्छेले आफ्नो क्षमता, योग्यता, प्रतिभा, सिर्जना र सम्भावनाको सम्पूर्ण रुपमा प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यतामा हामी विश्वास गछौं। हरेक व्यक्तिले आफ्नो क्षमता प्रयोग गर्न राज्यले सहयोग गर्नुपर्छ, त्यसलाई निषेध गर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो,’ अर्थमन्त्री महतले भने।