BIZMANDU
www.bizmandu.com

अडानी समूहलाई विश्वका ठूला लगानीकर्ताबाट ९ अर्ब डलर लगानी, पुँजी सुनिश्चितताले कारोबार वृद्धि

२०८० असार २५

अडानी समूहलाई विश्वका ठूला लगानीकर्ताबाट ९ अर्ब डलर लगानी, पुँजी सुनिश्चितताले कारोबार वृद्धि
अडानी समूहलाई विश्वका ठूला लगानीकर्ताबाट ९ अर्ब डलर लगानी, पुँजी सुनिश्चितताले कारोबार वृद्धि


नयाँदिल्ली। अडानी समूहले पछिल्लो चार वर्षमा उल्लेख्य परिमाणमा अमेरिकी डलरमा लगानी जुटाएको छ। गौतम अडानीको नेतृत्वमा रहेको समूहले आइतबार विभिन्न चार समूहबाट ९ अर्ब रुपैयाँ जुटाएको जनाएको छ।

Tata
GBIME
NLIC

अडानी समूहमा लगानी गर्नेमा कतार इन्भेष्टमेन्ट अथोरिटी (क्युआइए), टोटल इनर्जी, इन्टरनेशनल होल्डिङ कम्पनी (आइएचसी) र जीक्युजी पार्टनर्सलगायत छन्।

टोटोल इनर्जीले सन् २०१९ अप्रिलमा अडानी टोटल ग्यास र अडानी ग्रीन इनर्जीमा ३ अर्ब ३० करोड डलर लगानी गरेको छ। फ्रान्सको कम्पनीले बराबरी हैसियतमा अडानी टोटल प्रालि नामक संयुक्त लगानी कम्पनी पनि खोलेको छ।

क्युआइएले सन् २०२० फेब्रुअरीमा अडानी ट्रान्समिसनमा ४५ अर्ब २० करोड डलर लगानी गरेको छ। आइएचसीले अडानी समूहको फ्ल्यागसिप कम्पनी अडानी इन्टरप्राइजेज, अडानी ट्रान्समिसन र अडानी ग्रीन इनर्जीमा सन् २०२२ मे महिनामा २ अर्ब डलर लगानी गरेको छ। यहीबीच जीक्युजी अडानी समूहमा लगानी गर्ने पछिल्लो ठूलो कम्पनी हो।

अडानी समूहका तर्फबाट जारी वक्तव्यमा भनिएको छ- यी वैश्विक ठूला लगानीकर्ताहरुले दिएको विश्वासले अडानी समूह आन्तरिक शक्ति तथा उच्च तहको सुशासनप्रतिको प्रतिबद्धतालाई देखाउँछ।

सेयर बिक्रीले कारोबारमा वृद्धिका साथै अर्को एक/डेढ महिनामा समूह अन्तर्गतका कम्पनीहरुलाई आवश्यक पर्ने ऋण र सेयर पुँजीसँग सम्बन्धित आवश्यकताहरुलाई पुरा गर्न ठूलो मात्रामा पुँजीको उपलब्धता सुनिश्चित गर्न मद्दत पुग्ने कम्पनीले जनाएको छ।

केही दिनअघि मात्र अडानी इन्टरप्राइजेज, अडानी ग्रीन इनर्जी र अडानी ट्रान्समिसनलाई लगानी जुटाउन सञ्चालक समितिले स्वीकृति दिइसकेको छ।