BIZMANDU
www.bizmandu.com

पुनर्बीमा निर्देशिकाले जोखिम बढाएको बीमक संघको जिकिर, के भयो परिवर्तन ?

२०८० असार २४

पुनर्बीमा निर्देशिकाले जोखिम बढाएको बीमक संघको जिकिर, के भयो परिवर्तन ?
पुनर्बीमा निर्देशिकाले जोखिम बढाएको बीमक संघको जिकिर, के भयो परिवर्तन ?



काठमाडौं। नेपाल बीमक संघले पुनर्बीमा निर्देशिका २०८०ले जोखिम बढाएको भन्दै परिमार्जनका लागि आग्रह गरेको छ। नेपाल बीमा प्नाधिकरणले जारी गरेको पुनर्बीमा निर्देशिका २०८० को केही प्रावधानहरुले नकारात्मक प्रभाव पार्ने भएकोले सो निर्देशिका संशोधन गर्न संघले आग्रह गरेको हो।

Tata
GBIME
NLIC

कानुनको परिधिभित्र रही स्वतन्त्र पूर्वक व्यापार गर्न पाउने र आफ्नो व्यापार कसलाई कति दिने संवैधािनक रुपमा व्यापार गर्ने स्वतन्त्र हक हनन् भएको संघको जिकिर छ। निर्देशिकामा बीमा कम्पनीलाई स्थानीय पुनर्बीमा कम्पनीलाई व्यवसाय दिनुपर्ने बाध्यात्मक व्यवस्था राखिएको छ।

निर्देशिकाले १६ प्रतिशत प्रत्यक्ष हिस्सा र बाँकी ३० प्रतिशत हिस्सा गरी कुल ४१.२० प्रतिशत व्यवसाय अर्थात करिब ७ हजार अर्ब भन्दा बढीको जोखिम स्थानीय दुई पुनर्बीमामा रहनुपर्ने व्यवस्था गरेको छ। यो व्यवस्थाले भविष्यमा बीमा बजारमा भयावह जोखिम निम्याउने संघले ठहर गरेको छ।

यसअघि प्राधिकरणले १० प्रतिशतका दरले प्रत्यक्ष हिस्सा तोकेको थियो। त्यतिबेला दुई पुनर्बीमा कम्पनीलाई ८ प्रतिशतका दरले प्रत्यक्ष हिस्सा बाँडफाँट गरेको छ। जसमा संघले प्रत्यक्ष व्यवसायको हिस्सा पुरानो कायम हुनुपर्ने माग गरेको छ।