BIZMANDU
www.bizmandu.com

टाटा मोटर्सले सात वर्षमा बिक्री गर्‍यो ५ लाख टियागो, महिलाको पहिलो रोजाइमा

२०८० असार २४

टाटा मोटर्सले सात वर्षमा बिक्री गर्‍यो ५ लाख टियागो, महिलाको पहिलो रोजाइमा
टाटा मोटर्सले सात वर्षमा बिक्री गर्‍यो ५ लाख टियागो, महिलाको पहिलो रोजाइमा


काठमाडौं। टाटा मोटर्सले ह्याचब्याक टियागो पाँच लाख युनिट गाडीहरु बिक्री गरेको छ। सन् २०१६ मा बिक्री सुरु गरिएको यो गाडीले सात वर्षमै ५ लाख गाडी बेचेको दाबी गरेको हो।

Tata
GBIME
NLIC

कम्पनीका अनुसार हालसम्म बिक्री भएका ५ लाखमध्ये १५ महिनाको अवधिमा मात्रै एक लाख टियागो बिक्री भएको थियो। यस्तै टाटा टियागोले विगत केही वर्षहरुमा अटोमोबाइलमा दिइने ४० भन्दा बढी पुरस्कारहरु जितेको कम्पनीले जनाएको छ।

यी उपलब्धिहरुले टियागो आरामदायी, आकर्षक तथा बलियो बनावट एवं  सुरक्षाको दृष्टिकोणले अब्बल भएको कम्पनीको दावी छ। सन् २०२० को जनवरीमा यस गाडीले सर्वोत्कृष्ट सुरक्षाको लागि ग्लोबल एनसीएपीद्वारा फाइभ स्टार गाडीको मान्यता प्राप्त गरेको थियो।

नेपाली बजारमा पनि टाटा टियागोको बजार तीब्र ढंगले बढेको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ।

यो गाडी औसत ३५ वर्ष उमेर समुहसम्महरुको पहिलो रोजाइमा पर्न सफल भएको कम्पनीले जनाएको छ। त्यसमा पनि महिलाको पहिलो रोजाइँमा परेको कम्पनीको दाबी छ।

यो गाडीको इभी भर्सन भारतीय बजारमा बुकिङ खुलेको एक दिनमा १० हजार युनिट बुक भएको थियो। नेपालमा पनि यो इभी आउँदैछ। सिप्रदीले केही समयभित्रै बुकिङ खुलाउने तयारी गरेको छ।