BIZMANDU
www.bizmandu.com

सुन तोलामा ७ सय बढ्यो, आइतबार तोलाको १ लाख ११ हजार ३ सय कायम

२०८० असार २४

सुन तोलामा ७ सय बढ्यो, आइतबार तोलाको १ लाख ११ हजार ३ सय कायम
सुन तोलामा ७ सय बढ्यो, आइतबार तोलाको १ लाख ११ हजार ३ सय कायम

काठमाडौं। साताको पहिलो दिन सुनचाँदीको कारोबार मूल्य बढेको छ। सुन तोलामा ७ सय र चाँदी २० रुपैयाँ बढेको हो।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको कारोबार मूल्य प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ।

शुक्रबार सुनको भाउ अघिल्लो दिनका तुलनामा तोलाको सय रुपैयाँ घटेर निर्धारण भएको थियो।

आइतबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँ भएको छ। यो गत शुक्रबारका तुलनामा तोलामा २० रुपैयाँको बढोत्तरी हो। गत बिहीबार पनि चाँदी तोलाको १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १९२५.८९ डलरमा कारोबार भइरहेको छ। यसैगरी चाँदी प्रतिऔंस २३.०९ डलर रहेको छ।