BIZMANDU
www.bizmandu.com

कहिलेसम्म कायम सेयरधनीले सिनर्जी पावर डेभलपमेन्टको हकप्रद भर्न पाउँछन् ?

२०८० असार २४

कहिलेसम्म कायम सेयरधनीले सिनर्जी पावर डेभलपमेन्टको हकप्रद भर्न पाउँछन् ?
कहिलेसम्म कायम सेयरधनीले सिनर्जी पावर डेभलपमेन्टको हकप्रद भर्न पाउँछन् ?

काठमाडौं। सिनर्जी पावर डेभलपमेन्टले हकप्रदका लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनीले साउन १२ गते बुक क्लोज गर्ने जनाएको छ।

Tata
GBIME

जस अनुसार साउन ११ गते सम्म कायम सेयरधनीले मात्रै कम्पनीले जारी गर्ने हकप्रद किन्न योग्य हुनेछन्। कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद बिक्री गर्दैछ। 

२ बराबर १ को अनुपातमा जारी हुँदैछ। प्रत्येक २ कित्ता हुने सेयरधनीले एक कित्ता हकप्रदका लागि आवेदन दिन सक्नेछन्। कुल ४० लाख ३२ हजार कित्ता हकप्रद जारी हुनेछ।

हाल कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख रुपैयाँ कायम छ। हकप्रद बिक्रीपछि चुक्ता पुँजी ४० करोड ३२ लाख रुपैयाँले बढ्नेछ।