BIZMANDU
www.bizmandu.com

भगवती हाइड्रोको आइपीओ प्रतिकित्ता ११६, पहिलो मौका प्रभावित र वैदेशिक रोजगारलाई

२०८० असार २४

भगवती हाइड्रोको आइपीओ प्रतिकित्ता ११६, पहिलो मौका प्रभावित र वैदेशिक रोजगारलाई
भगवती हाइड्रोको आइपीओ प्रतिकित्ता ११६, पहिलो मौका प्रभावित र वैदेशिक रोजगारलाई

काठमाडौं। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आजबाट साधारण सेयर बिक्री खुलाएको छ।

Tata
GBIME

कम्पनीले साउन ७ गतेसम्म सेयर बिक्रीमा दरखास्त खुला गर्ने छ। कम्पनीको सेयरमा कम्तिमा १० र अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ।

कम्पनीको जारी पुँजी ५७ करोड २० लाख रुपैयाँ छ। कम्पनीले १०० रुपैयाँ अंकित दरको सेयरमा प्रिमियम मूल्य थपेर सेयर बिक्री गर्न लागेको हो।

कम्पनीले १६ रुपैयाँ प्रिमियम मूल्य थपेर ११६ रुपैयाँका दरले बिक्री खुलाएको छ। प्रभावित र रोजगारीमा गएकाहरुले सेयर खरिद गरेपछि कम्पनीले आम सर्वसाधारणलाई बिक्री खुला गर्ने छ।