BIZMANDU
www.bizmandu.com

मेलम्चीको पानी अब कहिले हुन्छ काठमाडौंमा नियमित ? वर्षा कम भएपछि मात्रै !

२०८० असार २२

मेलम्चीको पानी अब कहिले हुन्छ काठमाडौंमा नियमित ? वर्षा कम भएपछि मात्रै !
मेलम्चीको पानी अब कहिले हुन्छ काठमाडौंमा नियमित ? वर्षा कम भएपछि मात्रै !


काठमाडौं। वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याइने भएको छ। मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा हाल सुरुङ बन्द गरिएको छ।

Tata
GBIME
NLIC

नदीमा सफा पानी बग्न थालेपछि मात्र पानी काठमाडौं ल्याउन सकिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए।

‘आयोजनाले काठमाडौं उपत्यकामा पानी यति नै महिना बन्द गर्ने भनी निर्णय त गरेको छैन। तर वर्षापछि बाढी आउने हुँदा हाललाई सुरुङ बन्द गरिएको छ,’ उनले भने। वर्षा रोकिएर सङ्लो पानी भएको अवस्थामा पुनः काठमाडौं उपत्यकामा ल्याइने उनले बताए।

आयोजनाले काठमाडौं उपत्यकामा पानी यस वर्ष वर्षाभर नै वितरण बन्द नगर्ने गरि योजना बनाएको थियो। लेदोसहितको पानी आएपछि सुरुङ केही समय बन्द गरिएको हो। आयोजनामा संलग्न दातृ निकाय र परामर्शदाता कम्पनीले चलाउँदै बन्द गर्दै गर्दा सुरुङमा समस्या आउनसक्ने सम्भावना भएकाले वर्षा हुँदासम्म बन्द गर्न सुझाव दिएको उनले बताए।

‘पानी पठाउँदा बालुवा र माटो थुप्रिन सक्ने भएकाले बन्द गरिएको हो,’ पन्तले भने। 

मेलम्चीको पानी विगत वर्षमा पनि हिउँदमा काठमाडौँ ल्याइएको भए पनि वर्षामा सुरुङ बन्द गरिएको थियो। २०७८ असार १ गते मेलम्चीमा बाढी आउँदा आयोजनामा क्षति पुगेको थियो। क्षति भएका संरचनाको पुनःनिर्माण बाँकी छ।