BIZMANDU
www.bizmandu.com

खुकुलो मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालको आग्रह

२०८० असार २१

खुकुलो मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालको आग्रह
खुकुलो मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालको आग्रह


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खुकुलो मौद्रिक नीति ल्याउन आग्रह गरेका छन्। उनले कसिलो मौद्रिक नीतिका कारण चालू आर्थिक वर्ष अनुमानित भन्दा ६ प्रतिशत कम अर्थतन्त्र विस्तार भएको भन्दै खुकुलो मौद्रिक नीति आवश्यक रहेको बताए।

Tata
GBIME
NLIC

आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सुझाव दिन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको संयुक्त कार्यक्रममा बोल्दै ढकालले आर्थिक गतिविधि सुस्त हुँदा बैंकहरुको कर्जा असुली सुस्ताएको र कर्जा लगानी बिग्रिने अवस्थामा पुगेको उल्लेख गरे। जसलाई सम्बोधन गर्न उनले बैंक वित्तीय संस्था र ऋणी दुवै जवाफदेही हुने नीति अवलम्बन गर्न आग्रह गरे।

उनले मुद्दती र बचतको फरक ब्याजदरको सीमालाई पनि परिमार्जन गर्न सुझाए। विद्यमान अवस्था अनुसार बचत र मुद्दती निक्षेपमा ५ प्रतिशतको फरक हुनुपर्छ। यसले गर्दा मुद्दती बचतमा सर्वसाधारण आकर्षित भएको जसले बैंकहरुको लागत बढाएको छ।

लागत वृद्धिलाई कारण बैंकहरुको सस्तो कर्जा उपलब्ध गराउन नसकेको उनको तर्क थियो। ब्याजदर माथिल्लो तहमा भएको भन्दै उनले तरलता हुँदा हुँदै पनि कर्जाको माग आउन नसकेको उल्लेख गरे।