BIZMANDU
www.bizmandu.com

सेयर घटबढ हुँदा छायामा परेका हाइड्रो चम्किए, होटल र उत्पादनका सेयरमा क्रेताको चाप

२०८० असार २१

सेयर घटबढ हुँदा छायामा परेका हाइड्रो चम्किए, होटल र उत्पादनका सेयरमा क्रेताको चाप
सेयर घटबढ हुँदा छायामा परेका हाइड्रो चम्किए, होटल र उत्पादनका सेयरमा क्रेताको चाप


काठमाडौं। दिनभर भारी उतारचढाव जारी रहेको सेयर बजार बन्द हुँदा जलविद्युतका सेयर चम्किएका छन्। पछिल्लो वृद्धिमा छाँयामा परेका हाइड्रोका सेयरमा बिहीबार भने आकर्षण देखिएको हो।

Tata
GBIME

दिनभर ३१ अंकको घटबढ भएको थियो। तर बजार बन्द हुँदा भने सामान्य अंकले मात्रै घटेको बजारमा माथिल्लो तामाकोसी, जोशी हाइड्रो र पिपुल्स पावरका सेयर उल्लेख्य बढे। तामाकोसीको सेयर मूल्य बढेर लगभग सर्किट लेभलमा पुग्यो। साढे ४२ रुपैयाँले सेयरको मूल्य बढ्यो।

जोशीको सेयर मूल्य पनि ९.३३ प्रतिशत उक्लियो। २४ रुपैयाँको वृद्धि सेयर मूल्यमा देखिन्छ। पिपुल्स पावर भने ७.६३ प्रतिशत बढ्यो। यीबाहेक २८ अन्य हाइड्रोका सेयरले फराकिलो फड्को मारे।

साताको अन्तिम दिन होटलका सेयर पनि उल्लेख्य बढेका छन्। सूचक सबैभन्दा बढी १.४२ प्रतिशत बढ्यो। जसमध्ये सिटी होटलमा सकारात्मक सर्किट लागेको छ। कालिन्चोक दर्शन र सोल्टी होटल एक/एक प्रतिशतका दरले बढे।

भारी घटबढले गर्दा कारोबार अघिल्लो दिन बराबर भएको छ। बुधबार नेप्से ३९ अंक घट्दा तीन अर्ब नाघेको कारोबार रकम आज पनि सोही हाराहारी देखिन्छ। जसमध्ये शिवम् सिमेन्ट सबैभन्दा बढी कारोबार भयो। शिवमको साढे १८ करोडको सेयर किनबेच भएको छ भने मूल्य १० रुपैयाँले बढ्यो। उत्पादन क्षेत्रका स्टकमा पनि खरिद चाप राम्रो रहेको थियो।