BIZMANDU
www.bizmandu.com

एनएमबि क्यापिटलबाट एसआइपी गरेकाले अब इ-म्यान्डेटमार्फत भुक्तानी सेड्युल मिलाउन सक्ने

२०८० असार २०

एनएमबि क्यापिटलबाट एसआइपी गरेकाले अब इ-म्यान्डेटमार्फत भुक्तानी सेड्युल मिलाउन सक्ने
एनएमबि क्यापिटलबाट एसआइपी गरेकाले अब इ-म्यान्डेटमार्फत भुक्तानी सेड्युल मिलाउन सक्ने


काठमाडौं। एनएमबि क्यापिटल लिमिटेडको एसआइपी (सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान) गरेका इकाइधनीहरुले अब सहजरुपमा भुक्तानी गर्न सक्ने भएका छन्।

Tata
GBIME
NLIC

एनएमबि क्यापिटल र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच भएको सम्झौता अनुसार क्यापिटलका इकाइधनीहरुले एसआइपीको मासिक वा त्रैमासिक लगानी रकम इ-म्यानडेट मार्फत स्वचालितरुपमा भुक्तानी गर्न सक्ने छन्।

भुक्तानी गर्नुपर्ने रकम एकपटक सेट गरेपछि तोकिएको समय अन्तरालमा स्वचालित रुपमा आफैं भुक्तानी गरिदिने क्यापिटलले जनाएको छ। यसको सहयोगले एसआइपी गरेका लगानीकर्ताहरुलाई पटकपटक भुक्तानी गर्नुपर्ने समय समय सम्झिनुपर्ने झन्झटबाट मुक्त गर्ने अपेक्षा क्यापिटलले गरेको छ।

क्यापिटलले लगानीको बानी विकास गर्ने गरी, स-सानो रकमको लगानी समेत लाभ लिन मिल्ने गरी एसआइपी योजना संचालन गरिरहेको छ। योजनामा आफूले चाहे अनुसार लगानी रकम र समय अवधि थपघट गर्न सकिन्छ। क्यापिटलका अनुसार एसआइपी अन्तर्गत लगानी गर्नेहरुको संख्या उल्लेख्य वृद्धि हुँदै गएको छ।