BIZMANDU
www.bizmandu.com

१५ वटा सडक र पुलको काम अलपत्र पार्ने ८ निर्माण कम्पनीसँग डिभिजनले ठेक्का तोड्दै

२०८० असार १९

१५ वटा सडक र पुलको काम अलपत्र पार्ने ८ निर्माण कम्पनीसँग डिभिजनले ठेक्का तोड्दै
१५ वटा सडक र पुलको काम अलपत्र पार्ने ८ निर्माण कम्पनीसँग डिभिजनले ठेक्का तोड्दै


काठमाडौं। सडक र पुल निर्माण जिम्मा लिएर काम अलपत्र पार्ने ८ वटा निर्माण कम्पनीसँग सडक डिभिजन डोटीले ठेक्का तोड्ने भएको छ। डिभिजनले मंगलबार सूचना जारी गर्दै ठेक्का तोड्न लागिएको जनाएको हो।

Tata
GBIME
NLIC

डिभिजनअन्तर्गत निर्माणाधीन आरसीसी पुल, नयाँ सडक विस्तार र मर्मतको १५ वटा योजनाहरु निर्माण कम्पनीले तोकिएको र थपिएको समयमा पनि काम नगर्दा अलपत्र छन्।

डिभिजनले जारी गरेको सूचनाअनुसार पप्पु-राजेन्द्र जेभी, नेपाल मेघा सिस्ने जेभी, बिभोर निर्माण सेवा, बीएस भैरव शक्ति जेभी, उसब कन्स्ट्रक्सन, आस्राया प्रशंसा बीएसजे जेभी, आशिष कन्स्ट्रक्सन र श्याम सुन्दर साउद जेभीले सम्झौताअनुसार काम नगरेका हुन्।

यी निर्माण कम्पनीले यस सडक डिभिजनका १५ वटा योजना अलपत्र पारेका छन्। निर्माणका काम अलपत्र पार्ने कम्पनीसँग ठेक्का नतोड्नु पर्ने कुनै कारण भए स्पष्टीकरण पेस गर्न ७ दिनको समय दिइएको छ।