BIZMANDU
www.bizmandu.com

कहिलेसम्म कायम सेयरधनीले अरुण काबेलीको हकप्रद खरिद गर्न पाउँछन्?

२०८० असार १८

कहिलेसम्म कायम सेयरधनीले  अरुण काबेलीको हकप्रद खरिद गर्न पाउँछन्?
कहिलेसम्म कायम सेयरधनीले अरुण काबेलीको हकप्रद खरिद गर्न पाउँछन्?

काठमाडौं। अरुण काबेली पावरले हकप्रद निष्कासनको लागि बुक क्लोज गर्ने भएको छ। असार २५ गते कम्पनीले बुक क्लोज गर्ने सूचना प्रकाशन गरेको हो।

Tata
GBIME
Nepal Life

यसअनुसार असार २४ गतेसम्म कायम सेयरधनी मात्रै कम्पनीको हकप्रद खरिद गर्न योग्य हुनेछन्।

कम्पनीले १०० प्रतिशत हकप्रद जारी गर्दैछ। प्रत्येक एक कित्ता बराबर एक कित्ता आवेदन पेस गर्न मिल्छ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ८५ करोड रुपैयाँ कायम छ। यसको १०० प्रतिशत हकप्रद जारी गर्दा चुक्ता पुँजी तीन अर्ब ७१ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ।

पछिल्लो पटक ३५७.६० रुपैयाँका दरले कम्पनीको सेयर किनबेच हुँदैछ।