काठमाडौं। समाज लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। लघुवित्त सञ्चालक समितिको असार ५ गते बसेको ९८ औं बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो।
सो लाभांशमध्ये लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर वितरण गर्दै छ भने कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद वितरण गर्ने छ।
संस्थाको चुक्ता पुँजी २ करोड रुपैयाँ मात्र छ। १४.२५ प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पुँजी २ करोड २८ लाख ५० हजार पुग्ने छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताहरुलाई वितरण गरिने छ।
हाल कम्पनीको २ लाख कित्ता सेयर मात्र छ। सो सेयरमध्ये १ लाख १४ हजार कित्ता सेयर संस्थापकको छ भने बाँकी ८६ हजार कित्ता मात्र सर्वसाधारणको छ।
स्वस्तिक लघुवित्तसँग मर्जरमा जाने तयारी गरेको यो कम्पनी हाल नेप्सेको सस्पेन्डेड सूचीमा छ। कम्पनीले २०७७ भदौ ४ गतेबाट ८ गतेसम्म सर्वसाधारणमा साधारण सेयर जारी गरेको थियो। सोही महिनाको १५ गते कम्पनीले साधारण सेयर बाँडफाँट गरेको थियो। तर नेप्सेमा सूचीकृत भएर कारोबार भएको भने देखिँदैन।