BIZMANDU
www.bizmandu.com

पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार पक्राउ : उजुरी बाँकेमा, पक्राउ काठमाडौंमा

२०८० असार १५

पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार पक्राउ : उजुरी बाँकेमा, पक्राउ काठमाडौंमा
पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार पक्राउ : उजुरी बाँकेमा, पक्राउ काठमाडौंमा


काठमाडौं। पप्पु कन्स्ट्रक्सन सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय नेपालगन्जमा उजुरी परेको झन्डै दुई महिना पछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

Tata
GBIME
NLIC

शुक्रवार नयाँ बानेश्वर वृत्तको टोलीले नियन्त्रणमा लिएको हो। ठगी मुद्दामा उनलाई नियन्त्रणमा लिएको हो। उनी पूर्व सांसद समेत हुन्। उनी २०७४ पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनले निर्माण ठेक्का पाएका पुलदेखि अन्य संरचना मापदण्ड पुरा नगरेको भन्दै विवादमा तानिएका छन्।

उनलाई चार वर्षअघिको घटनामा प्रहरीले पक्राउ गरेको हो। २०७६ माघमा उनले आफ्नो जय भोले बाबा क्रसर उद्योग विक्री गर्ने रकम लिएका थिए। बाँकेका सोभराम यादवलाई १ करोड ६५ लाख रुपैयाँमा बिक्री गर्ने डिल भएको थियो। डिल अनुसार नै उनले सुरुमा ९५ लाख रुपैयाँ रौनियारलाई बुझाएका थिए। केही समयपछि बाँकी रकम बुझाएर क्रसर पास गर्ने कुरा भएको थियो। तर जब सोभराज रकम लिएर क्रसर पास गर्न पुगे काम भएन।

किनकि अदालतले बैना रकम लिनु भन्दा अगाडि नै क्रसर तत्काल बिक्री नगर्न आदेश दिएको थियो। जुन कुरा रौनियारलाई समेत थाहा थियो। तर त्यसपछि रौनियार रकम समेत फिर्ता नगरेको थाहा पाए पनि क्रसर बिक्री गर्न खोजेको भन्दै उजुरी परेको थियो।

‘यो क्रसर किनबेचको विवाद हो,’ जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठौरले भने।त्यस्तै उनी विरुद्ध विशेष अदालतमा भष्ट्रचारको मुद्दा दायर भएपछि उनी सांसदबाट स्वतः निलम्बित भएका थिए। 

बर्दियाको जब्दिघाटमा बबई नदीमाथि पुल निर्माणका क्रममा अनियमितता भएको ठहर गर्दै अख्तियारले सांसद रौनियारसहित उनका छोरा सुमित र अन्य १० जना विरुद्ध मुद्दा दायर गरेको हो। बाँकेमा ठगी मुद्दा दर्ता भएकाले जिल्ला अदालत बाँकेबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको हो।