BIZMANDU
www.bizmandu.com

नेपाल वायुसेवा निगमका अध्यक्षलाई पर्यटनमन्त्रीले हकारे, ‘तपाइँलाई राम्रो भन्नु बेकार रहेछ’

२०८० असार १३

नेपाल वायुसेवा निगमका अध्यक्षलाई पर्यटनमन्त्रीले हकारे, ‘तपाइँलाई राम्रो भन्नु बेकार रहेछ’
नेपाल वायुसेवा निगमका अध्यक्षलाई पर्यटनमन्त्रीले हकारे, ‘तपाइँलाई राम्रो भन्नु बेकार रहेछ’

काठमाडौं। पर्यटनमन्त्री सुदन किराती नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यशैलीप्रति असन्तुष्ट भएका छन्।

Tata
GBIME

पर्यटनमन्त्री नियुक्त हुनेवित्तिकै अधिकारीसँग असन्तुष्ट र त्यसको केही समयपछि उत्साहित भएका किराती फेरि उनैसँग रुष्ट बनेका हुन्। मन्त्रालय स्रोतका अनुसार किरातीले केही समयअघि अधिकारीलाई बोलाएर ‘तपाइँलाई राम्रो भन्नु बेकार रहेछ’ भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

‘निगमको आर्थिक संकटको कारण कमजोर व्यवस्थापन रहेछ। तपाइँ कामभन्दा कुरा धेरै गर्नु हुँदोरहेछ। तपाइँलाई राम्रो गर्नु बेकार रहेछ,’ किरातीले अधिकारीलाई हप्काउँदै भनेका थिए। अधिकारीमाथि निगमलाई व्यक्तिगत स्वार्थमा काम गरेको र पछिल्लो पाँच महिनाको अवधिमा सुधारको कुनै काम नगरेको आरोप पनि लगाएका थिए।

निगमले दुई वटा न्यारोबडी र दुई वटा वाइड बडी किन्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण ४६ अर्ब रुपैयाँ पुगेको छ।

चार वटा ठुला जहाज प्रभावकारी रुपमा संचालनका योजनाहरु थाती राखेर निगम अध्यक्ष अधिकारी नयाँ जहाज किन्ने दौडमा छन्। त्यसमा पनि निगमसँग भएको एउटा ट्‍वीन अटर मर्मत नगरेर ग्राउण्डेड छ। त्यो जहाज मर्मत गरेर चलाउन सकिने अवस्था हुँदाहुँदै नयाँ जहाज खरिदका लागि अधिकारीले मरिहत्ते गरिरहेका छन्।