BIZMANDU
www.bizmandu.com

लघुवित्तमाथि निरन्तर आक्रमण हुन थालेपछि नेपाल राष्ट्र बैंकले सुरक्षा माग्दै गुहार्‍यो सरकार

२०८० असार १२

लघुवित्तमाथि निरन्तर आक्रमण हुन थालेपछि नेपाल राष्ट्र बैंकले सुरक्षा माग्दै गुहार्‍यो सरकार
लघुवित्तमाथि निरन्तर आक्रमण हुन थालेपछि नेपाल राष्ट्र बैंकले सुरक्षा माग्दै गुहार्‍यो सरकार


काठमाडौं। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको सुरक्षाका माग्दै सरकारलाई गुहारेको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा लघुवित्त विभाग प्रमुख रेवतीप्रसाद नेपालले लघुवित्त संस्थाहरुको सुरक्षाका लागि अर्थ र गृह मन्त्रालयसँग पहल भइरहेको बताएका छन्।

Tata
GBIME
NLIC

उनले पछिल्लो समय आन्दोलन हिंसात्मक भएर लघुवित्त तथा अन्य वित्तीय संस्थाका कर्मचारी माथि आक्रमण, कार्यालयमा तालाबन्दी जस्ता घटनाले लघुवित्तहरु प्रभावित भएको बताउँदै यस्ता अराजक गतिविधि रोक्न सुरक्षाको प्रत्याभूति गर्न विभिन्न निकायहरुसँग गरिरहेको बताएका हुन्।

‘अहिले विभिन्न ठाउँहरुमा लघुवित्तका कर्मचारी कुटिएका छन्। पैसा लुटिरहेका छन्। तालाबन्दी भएको छ। कतै कम्प्युटर फुटाउने/उठाउने जस्ता कामहरु भइरहेको छ। यस्ता अराजक गतिविधि रोक्न सरकारले सहयोग गर्नुपर्छ। हामीले पनि लघुवित्तका साथै अरु बैंक तथा वित्तीय संस्थाको सुरक्षामा लागि अर्थ मन्त्रालय, गृह मन्त्रालयका साथै प्रधानमन्त्रीसँगै पनि सरकारले सहयोग गरिदिनु पर्‍यो भनेर अनौपचारीक पहल गरेका छौं,’ निर्देशक नेपालले भने।

साथै उनले लघुवित्तविरुद्ध भइरहेका आन्दोलनमा राजनीति मिसिंदा पनि यस्तो समस्या आएको बताएका छन्।

नेपाल लघुवित्त बैंकर्स संघले सुरक्षाका मागर्दै ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाइसकेका छन्। सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै सुरक्षाको प्रत्याभूती नभए आफ्ना सबै सेवाहरु बन्द गर्ने चेतावनी दिएका थिए।