BIZMANDU
www.bizmandu.com

सेयर बजार ५७ अंक बढ्दा ३ दर्जन लघुवित्तमा लाग्यो सर्किट, वाणिज्य बैंकको पनि बढ्यो

२०८० असार १२

सेयर बजार ५७ अंक बढ्दा ३ दर्जन लघुवित्तमा लाग्यो सर्किट, वाणिज्य बैंकको पनि बढ्यो
सेयर बजार ५७ अंक बढ्दा ३ दर्जन लघुवित्तमा लाग्यो सर्किट, वाणिज्य बैंकको पनि बढ्यो


काठमाडौं। बजारले उत्साहजनक वृद्धि हुँखा मंगलबार लगभग ३ दर्जन लघुवित्तमा सकारात्मक सर्किट लागेको छ। २३ वटा लघुवित्तका सेयरमा १० प्रतिशतले बढेको छ।

Tata
GBIME
NLIC

राष्ट्र बैंकको कडाइपछि लघुवित्तप्रति लगानीकर्ताको आकर्षण ह्वात्तै घटेको थियो। लाभांश वितरणमा थप कडाइ गरेपछि लघुवित्तका सेयर निरन्तर घटिरहेको थियो। सेयर बजारको पछिल्लो वृद्धिमा पनि लघुवित्तका सेयरमा खासै आकर्षण देखिएको थिएन।  

तर मंगलबार लघुवित्तका सेयरमा उत्साहजनक वृद्धि देखियो। कारोबारको शीर्ष स्थानमा पनि लघुवित्त नै छन्। लघुवित्तले ९ प्रतिशतको फराकिलो फड्को मार्‍यो। माइक्रोफाइनान्सले लिड गरेको बजारमा फाइनान्स र वाणिज्य बैंकका सेयर पनि उत्तिकै बढे। फाइनान्स साढे ४ प्रतिशत र वाणिज्य बैंक ४ प्रतिशत बढ्यो।

साताको सुरुवातबाटै फराकिलो फड्को मार्न सुरु गरेको सेयर बजारले मंगलबार पनि वृद्धिलाई कायम राखेको छ। आज बजार ५७ अंकले बढेर २१८६.३६ को विन्दुमा उक्लिएको हो। पछिल्लो तिन दिनमै सूचक १२९ अंकले बढिसकेको छ।