काठमाडौं। बतास एमएडब्लुको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दीपक अग्रवाल नियुक्त भएका छन्। कम्पनीले अग्रवालाई असार १० गतेदेखि सीइओमा नियुक्त गरेको हो।
एक महिना अगाडि मात्र अग्रवालले टीभीएसको आधिकारिक बिक्रेता शंकर समूहको जगदम्बा मोटर्सको सीइओबाट राजीनामा दिएका थिए। अग्रवालले कर्पोरेट र अटोमोबाइल क्षेत्रमा कुशल व्यवस्थापकको रुपमा आफ्नो छुट्टै पहिचान बनाएका छन्।
अग्रवाल जगदम्बा मोटर्स छिर्दा कम्पनीले बिक्री गरिरहेको ब्रान्ड महिन्द्रा टु ह्वीलर्स मात्रै थियो। अग्रवालले टीभीएसमा ८ वर्ष काम गरेका थिए। अहिले टीभीएस नेपाली बजारमा दोस्रो दुई पाङ्ग्रेमा स्थापित छ। यस्तै जगदम्बाले फो ह्वीलर्स पनि बिक्री गर्दै आएको छ। अग्रवालसँग त्यसको पनि अनुभव छ।
अग्रवाल नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको कार्यसमिति सदस्य समेत हुन्। कम्पनीले कति सम्यको लागि भनेर समयसीमा नतोकेको अग्रवाल बताउँछन्।
‘कति समयको लागि भनेर मलाई कम्पनीले नियुक्त गरेको होइन। त्यसैले मेरो यो कम्पनीमा टीभीएसमा जस्तै धेरै समय जान्छ,’ उनले भने, ‘मेरो दुई पाङ्ग्रेमा भएको अनुभवलाई अब नयाँ बाटोतर्फ लागेको छु। नयाँ कमर्सियल सेक्टरलाई पनि यसैगरी राम्रो उचाइमा पुर्याउने मेरो योजना छ।’
टाटापछि बतास एमएडब्लु कमर्सियल गाडीको बिक्रीका हिसाबले दोस्रो स्थानमा रहेको अग्रवालको दाबी छ। राम्रो र स्थापित ब्रान्ड भएकाले पनि आफूले उक्त अवसर ग्र्याब गरेको अग्रवालले बताए। ‘त्यसैले यसलाई कमर्सियल सवारीसाधानको बजारमा नम्बर एक बनाउने हाम्रो योजना छ,’ अग्रवालले भने, ‘मैलेभन्दा पनि यसमा टिमवर्क हुन्छ।’
भारतको भोल्भो आइसर कमर्सियल भेहिकल लिमिटेडको आधिकारिक बिक्रेता बतास एमएडब्लु कमर्सियल भेहिकलको कार्यकारी निर्देशक (इडी) र प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा अग्रवाल नियुक्त भएका हुन्।
भोल्भो आइसरका ट्रक तथा बसहरु कम्पनीले नेपाली बजारमा बिक्री गर्दै आइरहेको छ।