BIZMANDU
www.bizmandu.com

मनकामना इन्जिनियरिङ हाइड्रोले आइपीओ बिक्री गर्दै, प्रति मेगावाट लागत नै २८ करोड

२०८० असार ११

मनकामना इन्जिनियरिङ हाइड्रोले आइपीओ बिक्री गर्दै, प्रति मेगावाट लागत नै २८ करोड
मनकामना इन्जिनियरिङ हाइड्रोले आइपीओ बिक्री गर्दै, प्रति मेगावाट लागत नै २८ करोड


काठमाडौं। मनकामना इन्जिनियरिङ हाइड्रोपावरले असार १९ गतेबाट आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई आइपीओ बिक्री गर्ने भएको छ। 

Tata
GBIME
NLIC

कम्पनीले दोलखाका स्थानीयलाई ८ लाख कित्ता सेयर छुट्याएको छ। गौरीशंकर गाउँपालिका वडा नं ५, ६, ७, ८ र बिगु गाउँपालिका वडा नं ४ र कालिन्चोक गाउँपालिका वडा नं ३ का बासिन्दाले आवेदन दिन पाउँछन्।

त्यसैगरी २ लाख कित्तामा वैदेशिक रोजगारमा गएकाहरुले आवेदन दिन मिल्छ। दुवैले आवेदन दिने अन्तिम दिन साउन २ गते हो। म्यादसम्म पर्याप्त आवेदन नआए स्थानीयका लागि साउन १७ गतेसम्म लम्बिनेछ। वैदेशिक रोजगारले भने साउन २ गतेसम्म दिइसक्नुपर्नेछ।

न्यूनतम १० कित्ताका लागि आवेदन दिन मिल्छ। धेरैमा आयोजना प्रभावितहरुले १ लाख कित्ता र श्रमिकहरुले ५० हजार कित्ता आवेदन पेस गर्न मिल्छ।

कम्पनीले ५ मेवाको घट्टेखोला जलविद्युत आयोजना निर्माण गर्दैछ। जसको कुल लागत १ अर्ब ३९ करोड अनुमान गरेको छ। प्रति मेगावाट अनुमानित लागत २७ करोड ८७ लाख रुपैयाँ छ। यो नदी प्रवाहमा आधारित आयोजना हो।