BIZMANDU
www.bizmandu.com

राष्ट्रिय वाणिज्य बैंकले ४६५ जना कर्मचारी भर्ना गर्दै, अनलाइनबाटै आवेदन दिन सकिने

२०८० असार ८

राष्ट्रिय वाणिज्य बैंकले ४६५ जना कर्मचारी भर्ना गर्दै, अनलाइनबाटै आवेदन दिन सकिने
राष्ट्रिय वाणिज्य बैंकले ४६५ जना कर्मचारी भर्ना गर्दै, अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आगामी वर्ष ४६५ जना नयाँ कर्मचारी भर्ना गर्ने भएको छ। बैंकले खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्न लागेको हो।

Tata
GBIME

बैंकले चारदेखि ९ तहसम्मका कर्मचारी भर्ना गर्ने छ। कुल कर्मचारीमध्ये खुलाबाट २२१ जना, महिला समूहबाट ७६ जना भर्ना गर्ने छ।

यसबाहेक आदिबासी जनजातिबाट ५९ जना, मधेशीबाट ४७ जना, दलितबाट २८ जना, अपांगता भएकाबाट १५ जना र पछडिएको क्षेत्रबाट १९ जना नियुक्त गर्ने छ।

बैंकमा जागिर खान योग्या पुग्ने इच्छुकले अनलाइनबाटै फाराम भर्न सक्छन्। फाराम असार १० गतेबाट खुल्ने छ। अनलाइनबाटै आवेदन शुल्क बुझाउन मिल्छ। स्नातकदेखि स्नातकोत्तरसम्म शैक्षिक योग्यता आवश्यक पर्ने छ।