BIZMANDU
www.bizmandu.com

काठमाडौं महानगर नीति तथा कार्यक्रम: १ लाख रूख रोपेर महानगर हराभरा बनाउने

२०८० असार ६

काठमाडौं महानगर नीति तथा कार्यक्रम:  १ लाख रूख रोपेर महानगर हराभरा बनाउने
काठमाडौं महानगर नीति तथा कार्यक्रम: १ लाख रूख रोपेर महानगर हराभरा बनाउने

काठमाडौं। काठमाडौं महानगरपालिकाले वार्षिक रुपमा १ लाख रुख रोप्ने योजना सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ले वार्षिक रूपमा १ लाख रूख बिरुवा रोपेर महानगरलाई हराभरा बनाउन ‘मेरो रहर, हरित सहर’ गौरवको योजनाको रुपमा कार्यक्रम सञ्चालन गरिने बताए। उनका अनुसार चराचुरूङ्गीको बासस्थान सुनिश्चित गर्नका लागि महानगरभित्र रहेका सहरी जंगलहरूको संरक्षण तथा सम्वर्द्धन गर्न आवश्यक प्रबन्ध मिलाइने उल्लेख गरे।

महानगर क्षेत्रभित्रको संभावित स्थानहरुमा पोखरीहरुको स्थापना गर्न सम्भाव्यता अध्ययन गरिने उल्लेख छ। महानगरपालिकाले नीति तथा कार्यक्रममा सम्पूर्ण सडकहरुलाई आगामी तीन वर्षभित्र गुणस्तरीय पक्की सडकमा रुपान्तरण गर्ने उल्लेख गरेको छ। सडकपेटीको स्तरोन्नतिका लागि धुलो रहित काठमाडौं गौरवको योजना तर्जुमा गरी सञ्चालनमा ल्याउने योजना बनाएको छ।

नीति तथा कार्यक्रममा नेपालमा उत्पादित जडिबुटीहरूको प्रशोधन केन्द्र सञ्चालनमा सहयोग गरी सिंहदरवार बैद्यखाना र नरदेवी आयुर्वेदिक अस्पतालसँग सहकार्य गरिने उल्लेख छ। महानगरपालिकाबाट आर्थिक, प्राविधिक तथा अस्पतालजन्य उपकरण वा सहायता उपलब्ध गराइएका अस्पतालहरुसँग समन्वय गरी स्थानीय विपन्न र सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने महानगरवासीका लागि नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने प्रबन्ध गरिने उल्लेख छ। सामुदायिक अस्पतालको स्तरन्नोतिको लागि सहयोग गरिने उल्लेख छ।

महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गाहरू अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाई खुल्ला क्षेत्रको रुपमा विकास गर्ने नीति लिएको छ। आफ्नो भवन नभएका वडा कार्यालयहरुको भवन निर्माण गर्ने कार्यलाई प्राथमिकता दिइने उल्लेख छ। सडक निर्माण कार्यलाई थप व्यवस्थित एवं गुणस्तरीय बनाउनका लागि आफ्नै अलकत्राको प्लाण्ट स्थापना गरी सञ्चालन गर्ने नीति लिएको छ।