BIZMANDU
www.bizmandu.com

१६औं पञ्चवर्षीय योजनाको तयारीमा जुट्यो योजना आयोग, पूर्व उपाध्यक्ष र विज्ञसँग छलफल गर्दै

२०८० असार ६

१६औं पञ्चवर्षीय योजनाको तयारीमा जुट्यो योजना आयोग, पूर्व उपाध्यक्ष र विज्ञसँग छलफल गर्दै
१६औं पञ्चवर्षीय योजनाको तयारीमा जुट्यो योजना आयोग, पूर्व उपाध्यक्ष र विज्ञसँग छलफल गर्दै


काठमाडौं। राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमा आउने गरी १६ औं पञ्चवर्षीय योजना तर्जुमाको तयारी सुरु गरेको छ।

Tata
GBIME
NLIC

आयोगले बुधबारदेखि उक्त कामक लागि छलफल समेत सुरु गरिएको जनाएको छ। आयोगले योजना कस्तो बनाउनु पर्छ ? विज्ञहरुको राय समेत लिने भएको छ।

१६औँ योजनाका लागि आयोगले पहिलो चरणमा आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्यहरु तथा अर्थविद्हरुसँग छलफल गर्ने तयारी थालेको जनाएको छ।

बुधबार दिउसो होटल याक एण्ड यतिमा पूर्व उपाध्यक्षहरुसँग छलफल गर्न लागिएको आयोगका प्रवक्ता सुमन दाहालले जानकारी दिए। प्रवक्ता दाहालका अनुसार बुधबारदेखि नियमित रुपमै विषय विज्ञहरुसँग आयोगले सल्लाह सुझाव लिने भएको छ।

आयोगका अनुसार बुधबारदेखि हुने छलफल शुक्रबारसम्म चल्नेछ।