BIZMANDU
www.bizmandu.com

सुदूरपश्चिममा ५३.८५ मेगावाटको अपर चमेलिया आयोजना निर्माण हुने, इआइएमा मागियो सुझाव

२०८० असार ५

सुदूरपश्चिममा ५३.८५ मेगावाटको अपर चमेलिया आयोजना निर्माण हुने, इआइएमा मागियो सुझाव
सुदूरपश्चिममा ५३.८५ मेगावाटको अपर चमेलिया आयोजना निर्माण हुने, इआइएमा मागियो सुझाव


काठमाडौं। विद्युत विकास विभागले ५३.८५ मेगावाटको अपर चमेलिया जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तयार पारेको छ।

Tata
GBIME
NLIC

विभागले प्रतिवेदन तयार पारेर स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाइसकेको छ। वन मन्त्रालयले सार्वजनिक सूचना निकालेर आयोजना निर्माण र कार्यान्वन गर्दा कुनै प्रतिकूल असर पर्ने भए सात दिनभित्र लिखित राय/सुझाव पेस गर्न सरोकारवाला निकायहरुलाई अनुरोध  गरेको छ।

प्रस्तावित आयोजना दार्चुलाको अपि हिमाल गाउँपालिका-१ मा पर्छ। चमेलिया नदीको पानी फर्काउन ६.५ मिटरको उचाइ र ३० मिटर लम्बाइ भएको बाँध प्रस्ताव गरिएको छ। स्टीलबाट बनेको २२१ मिटर र १.९५ मिटर ब्यास भएको हेडरेस पाइप र ४३.७२ मिटरको साइफोनबाट पानीलाई हेडरेस सुरुङमार्गभित्र पुर्‍याइनेछ। ३ मिटर व्यासको ५५८८ मिटरको हेडरेस टनेल निर्माण गरिनेछ।

सतही पेनस्टक पाइपको लम्बाइ १२१७.९६ मिटर र भूमिगत पेनस्टक पाइपको लम्बाइ ६५३.६७ मिटर हुनेछ।

आयोजनाका लागि २६.०४६६ हेक्टर जग्गा आयोजना निर्माण एवम संचालनका लागि आवश्यक पर्छ। अपिनाम्पा संरक्षण क्षेत्रको २३.७३६३ हेक्टर (नेपाल सरकारको स्वामित्व भएको) र २.३१०३ हेक्टर निजी जग्गा प्रयोग हुनेछ।

इआइए स्वीकृत भएपछि निर्माणको बाँकी प्रक्रिया अघि बढ्नेछ। आयोजनाको सम्भाव्यता अध्ययन भइसकेको छ।