BIZMANDU
www.bizmandu.com

लुम्बिनी पर्यटन प्रवर्द्धनका लागि सिद्धार्थ होटल संघको श्रीलंका सेल्स मिसन, २० जना कोलोम्बोतर्फ  

२०८० असार ५

लुम्बिनी पर्यटन प्रवर्द्धनका लागि सिद्धार्थ होटल संघको श्रीलंका सेल्स मिसन, २० जना कोलोम्बोतर्फ  
लुम्बिनी पर्यटन प्रवर्द्धनका लागि सिद्धार्थ होटल संघको श्रीलंका सेल्स मिसन, २० जना कोलोम्बोतर्फ  


काठमाडौं। लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सिद्धार्थ होटल संघले पाँच दिने सेल्स मिसन गर्ने भएको छ। यसका लागि संघको टोली कोलिम्बो जाँदैछ। मंगलबारदेखि हुने सेल्स मिसनले नेपाल र श्रीलंकाका पर्यटन व्यवसायीबीच सहकार्य बढाउने संघले जनाएको छ।

Tata
GBIME
NLIC

मिसनका क्रममा भैरहवा र श्रीलंकाका पर्यटन व्यवसायीबीच द्धिपक्षीय पर्यटन प्रवर्द्धनका लागि बीटुबी एग्रिमेन्ट गर्ने योजना रहेको संघका अध्यक्ष सीपी श्रेष्ठले बताए। उनका अनुसार यो सेल्स मिसनमा श्रीलंकाका पर्यटन मन्त्रीको प्रमुख आतिथ्यता रहनेछ।

‘श्रीलंकामा बौद्ध धर्मावलम्बी धेरै छन्, नेपालमा बुद्ध जन्मस्थल छ, तीर्थ गर्न श्रीलंकाली आउँछन्,’ उनले भने, ‘त्यसैले श्रीलंका-भैरहवा सिधा उडानको विषयमा पनि छलफल गर्नेछौँ। यो सँगै त्यहाँको पर्यटन व्यवसायीसँग बीटुबी सम्झौता पनि गर्छौं।’

मिसनमा नेपालका तर्फबाट २० जना पर्यटन व्यवसायीको सहभागिता रहने जानकारी उनले दिए। लुम्बिनीमा श्रीलंकाली तीर्थालु उल्लेख्य संख्यामा आउने गरेका छन्। आपसी सहकार्यले पर्यटक बढाउन मद्दत गर्ने संघको अपेक्षा छ।

हाल श्रीलंका-नेपालको दुईतर्फी उडान श्रीलंकन एयरलाइन्सले गर्दै आएको छ। कोलोम्बो-काठमाडौं-कोलोम्बो साताको पाँच उडान छ। उक्त वायुसेवाले भैरहवाबाट पनि नियमित व्यवसायिक उडान गर्नका लागि गृहकार्य गरिरहेको नेपालका लागि जीएसए जेनिथ ट्राभलले जनाएको छ।