BIZMANDU
www.bizmandu.com

इसेवाबाट पहिलोपटक कारोबार गर्दा आइफोन १४ जित्ने मौका, १० प्रतिशत क्यासब्याक पनि

२०८० असार ४

इसेवाबाट पहिलोपटक कारोबार गर्दा आइफोन १४ जित्ने मौका, १० प्रतिशत क्यासब्याक पनि
इसेवाबाट पहिलोपटक कारोबार गर्दा आइफोन १४ जित्ने मौका, १० प्रतिशत क्यासब्याक पनि

काठमाडौं। इसेवाले पहिलोपटक कारोबार गर्दा आइफोन १४ जित्‍न सकिने अफर सार्वजनिक गरेको छ। नयाँ तथा एकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित गर्दै इसेवाले पहिलोपटक कारोबार गर्दा एक जना विजेताले आइफोन १४ र १० प्रतिशत क्यासब्याक जित्‍न सक्ने अफर ल्याएको हो।

Tata
GBIME
Nepal Life

यस योजनामा सहभागी हुन सेन्ड मनीबाहेक पहिलोपटक कुनै पनि किसिमको शुल्क भुक्तानी वा कारोबार गरेको हुनुपर्ने इसेवाले जनाएको छ। साथै यो योजनामा प्रोमोकोड ‘FIRST10’ प्रयोग गरेर आफ्नो पहिलो कारोबारमा १०% (२० रुपैयाँसम्म) को क्यासब्याक समेत पाउन सकिने बताइएको छ।

अफर असार २० गतेसम्म लागु हुनेछ। योजनामा सहभागी कुनै पनि अप्रमाणित प्रयोगकर्ताहरूले आइफोन विजेताका लागि योग्य हुन असार २० गतेभित्र आफ्नो पहिलो कारोबार पूरा गर्नुपर्ने इसेवाले जनाएको छ।

प्रोमोकोडमार्फत प्राप्त हुने क्यासब्याक रकम २४ घण्टाभित्र सम्बन्धित व्यक्तिको इसेवा एकाउन्टमा जम्मा हुने बताइएको छ। आइफोन विजेताको घोषणा असार ३० गते इसेवाको फेसबुक पेजबाट गरिने कम्पनीले जनाएको छ।