BIZMANDU
www.bizmandu.com

भूगोल इनर्जी डेभलपमेन्ट नोक्सानीमा, प्रतिसेयर आम्दानी १६.१८ रुपैयाँ ऋणात्मक

२०८० असार ३

भूगोल इनर्जी डेभलपमेन्ट नोक्सानीमा, प्रतिसेयर आम्दानी १६.१८ रुपैयाँ ऋणात्मक
भूगोल इनर्जी डेभलपमेन्ट नोक्सानीमा, प्रतिसेयर आम्दानी १६.१८ रुपैयाँ ऋणात्मक


काठमाडौं। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी चालु आवको चैतसम्म पनि नोक्सानीमा छ। कम्पनीको घाटा पोहोरभन्दा घटेर ६४ लाख ७१ हजार रुपैयाँ पुगेको छ। जबकि पोहोर चैतसम्म ८४ लाख ४९ हजार घाटामा थियो।

Tata
GBIME
NLIC

विद्युत बिक्रीको आम्दानी घटेपछि कम्पनीको नोक्सानी केहि कम भएको देखिन्छ। त्यहीँ ब्याज बापत भुक्तानी गर्नुपर्ने रकम भने बढेको छ।

पोहोर ३ करोड ३७ लाखको विद्युत बेचेकोमा यसपटक २ करोड ३४ लाखको बिक्री गरेको छ। गत आवको चैतसम्म ३ करोड ६१ लाख भुक्तानी गरेको ब्याज बढेर ५ करोड ८६ लाख रुपैयाँ पुगेको छ। 

कम्पनीका अनुसार चैतसम्म प्रति सेयर आम्दानी १६.१८ रुपैयाँ ऋणात्मक र प्रति सेयर नेटवर्थ ५८.२१ रुपैयाँ कायम छ।