BIZMANDU
www.bizmandu.com

माथिल्लो मर्स्याङ्दी-१ को विद्युत खरिदबिक्रीको दर निर्धारण सार्वजनिक सुनुवाइपछि

२०८० असार २

काठमाडौं। लमजुङमा निर्माण सुरु हुन लागेको अर्ध-जलाशययुक्त आयोजना माथिल्लो मर्स्याङ्दी-१ ले विद्युत खरिदबिक्रीको दर निर्धारण गर्न सार्वजनिक सुनुवाइ गर्ने भएको छ। १०२ मेगावाटको आयोजनाले असार १८ गते सोमबार काठमाडौंको सानो गौचरणस्थित विद्युत विकास विभागको सभाहलमा सुनुवाइ गर्ने भएको हो।

Tata
GBIME
NLIC

अपर मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रालिद्वारा प्रवर्द्धित आयोजनाले सुरुमा १३८ मेगावाटका लागि विद्युत विकास विभागसँग अनुमति लिएको थियो। तर, त्यसलाई संशोधन गर्दै पछि १०२ मेगावाटको सैद्धान्तिक सहमति लिइएको कम्पनीले जनाएको छ।

आयोजनाद्वारा उत्पादित विद्युतको खरिदबिक्रीको प्रस्तावित दर वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुक्खायाममा पिकिङ अवधिका लागि ८ रुपैयाँ ५० पैसा र नन् पिकिङ अवधिका लागि ८ रुपैयाँ ४० पैसा छ। विद्युत प्राधिकरणबाट प्रस्तावित आयोजनाले उत्पादित विद्युतको खरिद बिक्री दरमा वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म मूल्यवृद्धि हुने जनाएको छ।

विद्युत खरिदबिक्री दर निर्धारणका लागि सरोकारवालालाई सभामा बोलाएको कम्पनीले इमेल वा पत्रद्वारा पनि सुझाव दिन सकिने जनाएको छ। सुनुवाइमा विद्युत नियमन आयोग अध्यक्ष दिल्लीबहादुर सिंह, सदस्यहरु भागिरथी भट्टराई ज्ञवाली, गौतम डंगोल, गोकर्णराज पन्थ रहने छन्।

यस्तै कम्पनीका तर्फबाट उपाध्यक्ष आनन्द चौधरी, आयोजना वाणिज्य प्रबन्धक सरोज बस्नेत र सीकेके कम्पनीका प्रतिनिधि झु ग्वाङमिङ हुनेछन् भने विद्युत प्राधिकरण प्रबन्ध निर्देशक कुलमान घिसिङ र निर्देशक प्रबल अधिकारीको सहभागिता रहने आयोगद्वारा शनिवार प्रकाशित सूचनामा उल्लेख छ।