काठमाडौं। सीजी हस्पिटालिटीले नवलपुरको देवचुलीस्थित ‘मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट’ संचालनमा ल्याएको छ।
शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्क छेउमै रहेको यो रिसोर्ट गल्फ खेल्नेहरुका लागि थप आकर्षक गन्तब्य बन्ने कम्पनीले जनाएको छ।
‘वेलनेश, अध्यात्मिक चेतना र वातावरणीय दिगोपन अन्तर्गत मिराया वेलनेश एण्ड गल्फ रिसोर्टलाई प्रस्तुत गर्न पाउँदा हामी हर्षित छौं,’ चौधरी ग्रुपका प्रवन्ध निर्देशक एवं सीजी हस्पिटालिटी होल्डिङ्सका (सीइओ) राहुल चौधरीले भने,’मिराया रिसोर्ट सीजी हस्पिटालिटीको मुख्य सिद्धान्तहरुलाई मूर्तरुप दिनेगरी तयार गरिएको छ। हाम्रा पाहुनाले फरक अनुभुति गर्नुहुनेछ भन्ने विश्वास छ ।’
रिसोर्टलाई नेपालको वेलनेस, आध्यात्मिक शान्तिसहित साहसिक कार्यको लागि विशेष रिसोर्टका रुपमा लिइएको जनाइएको छ।
पाहुनाले रिसोर्टमा स्वीमिङ पुल, बास्केटबल र ब्याडमिन्टन खेलको सुविधा लिन सक्ने जनाइएको छ। वाइन टेस्टिङ वर्कशप, क्युरेटेड स्पा, हाइड्रोथेरापी, वेलनेस थेरापी र नेचर ट्रेल लगायत विशेष सुविधा रिसोर्टमा छ।
रिसोर्टमा वेलनेस वेगन एलाइभ रेस्टुरेन्ट, नेपाली इन्डियन भेजिटेरियन कुजिन रेस्टुरेन्ट र स्पोर्टस बार एण्ड ग्रील लगायत तीनवटा रेष्टुरेन्ट छन्।
रिसोर्टमा आउने पाहुनाले देवचुली पर्वत हेर्न सक्छन्। भरतपुर विमानस्थलबाट ३० मिनेटको ड्राइभ, काठमाडौंबाट ५ घण्टाको ड्राइभ र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ घण्टाको ड्राइभमा रिसोर्ट पुग्न सकिन्छ।