BIZMANDU
www.bizmandu.com

चिनियाँ औद्योगिक उत्पादन संकुचित हुँदा अर्थतन्त्र शिथिल, बेरोजगारी दर बढ्यो

२०८० जेठ ३२

चिनियाँ औद्योगिक उत्पादन संकुचित हुँदा अर्थतन्त्र शिथिल, बेरोजगारी दर बढ्यो
(230303) -- GUANGZHOU, March 3, 2023 (Xinhua) -- This photo taken on Feb. 24, 2023 shows the assembly line of GAC Aion, an NEV subsidiary of Guangzhou Automobile Group Co., Ltd. (GAC Group), in Guangzhou, south China's Guangdong Province. Guangzhou, one of China's major car manufacturing bases, has been striving to attract investment in NEV industry in recent years. (Xinhua/Deng Hua)

काठमाडौं। चिनियाँ औद्योगिक उत्पादन मे महिनामा केही संकुचित भएको छ। कमजोर अन्तर्राष्ट्रिय तथा स्थानीय मागसँग संघर्ष गरिरहेका चीनका ठूला कारखानाहरूका कारण चीनको औद्योगिक उत्पादन केही सुस्ताएको हो।

Tata
GBIME
Nepal Life

कोभिडको कडा प्रतिबन्ध खारेज गरेसँगै सुधारोन्मुख देखिएको चीनको औद्योगिक उत्पादन गत अप्रिलमा भएको ५.६ प्रतिशत वृद्धिबाट झरेर मेमा ३.५  प्रतिशत वृद्धिमा सिमित भएको छ।

 चीनको  तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा मे महिनामा औद्योगिक उत्पादन ३.५ प्रतिशतले मात्र बढेको छ। मेमा चीनको औद्योगिक उत्पादनमा ३.८ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको थियो।   

लगातार चौथो महिनाको लागि चीनको औद्योगिक उत्पादन वृद्धिमा आएको संकुचनले बजारलाई निराश बनाएको छ। यस वर्षको सुरुमा कोभिडको कडा प्रतिबन्ध खारेज गरेसँगै स्थानीय आर्थिक गतिविधिले केही पिकअप लिएको देखिएपनि चीनको अर्थतन्त्र अझै सघंर्षरत रहेको यस तथ्याङ्कले देखाएको छ।

अटोमोबाइल लगायतका क्षेत्रहरूमा उत्पादन स्थिर देखिएता पनि निर्माण गतिविधिमा आएको मन्दीले चीनको औद्योगिक क्षेत्रमा ठूलो प्रभाव पारेको छ। निर्माण क्षेत्र चिनियाँ आर्थिक वृद्धिको मुख्य चालक हो।

विश्लेषकहरूले चीनको घरजग्गा कारोबारमा छाएको मन्दीले आगामी वर्षहरूमा चीनको समग्र वृद्धिलाई रोक्नसक्ने तर्क गरेका छन्।

त्यस्तै, चीनमा रिटेल बिक्री पनि अपेक्षित १३.७ प्रतिशत भन्दा केही कमले वृद्धि भएको छ। मे महिनामा चीनको खुद्रा बिक्री १२.७ प्रतिशत मात्रै भएको छ। गत अप्रिलमा चीनको खुद्रा बिक्री १८.४ प्रतिशतले बढेको थियो।

यस बाहेक, चीनमा युवा बेरोजगारको संख्या लगातार दोस्रो महिनामा पनि वृद्धि भएको छ। सोह्र र चौबीस  वर्ष बीचका चिनियाँहरूको बेरोजगार दर बढेर २०.८ प्रतिशत पुगेको छ, जुन अप्रिलमा २०.४ प्रतिशत भएर रेकर्ड कायम भएको थियो। (एजेन्सीबाट)