BIZMANDU
www.bizmandu.com

अप्पर लोहोरे खोला हाइड्रोले स्थानीय र वैदेशिक रोजगारमा गएकालाई आइपीओ बिक्री गर्ने

२०८० जेठ ३२

अप्पर लोहोरे खोला हाइड्रोले स्थानीय र वैदेशिक रोजगारमा गएकालाई आइपीओ बिक्री गर्ने
अप्पर लोहोरे खोला हाइड्रोले स्थानीय र वैदेशिक रोजगारमा गएकालाई आइपीओ बिक्री गर्ने


काठमाडौं। अप्पर लोहोरे खोला हाइड्रोपावरले स्थानीय र वैदेशिक रोजगारीमा गएकालाई असार ७ गतेदेखि आइपीओ बिक्री गर्ने भएको छ।

Tata
GBIME
NLIC

आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई ५ लाख ९ हजार ८०४ कित्ता बिक्री गर्दैछ। यसमध्ये ५० प्रतिशत आयोजनाबाट अति प्रभावित दैलेख जिल्लाको नौमुले गाउँपालिका-३ का स्थानियलाई मात्रै सुरक्षित गरेको हो।

अर्को ५० प्रतिशत सेयरमा नौमुले गाउँपालिका-३ बाहेक सम्पूर्ण दैलेख जिल्लाका बासिन्दाले आवेदन दिन मिल्छ। छिटोमा असार २१ गतेसम्म आवेदन पेश गरिसक्नुपर्छ। सबै आइपीओ नबिके स्थानीयलाई साउन ५ गतेसम्म समय थप्ने कम्पनीले जनाएको छ।

वैदेशिक श्रमिकहरुले भने एक लाख ९८ हजार ८२४ कित्तामा आवेदन दिन पाउनेछन्। असार २१ गते आवेदन दिने अन्तिम दिन हो। दुवै पक्षले न्युनतम १० देखि २५ हजार कित्तासम्म आवेदन दिन पाउँछन्।

कम्पनीले माथिल्लो लोहोरे साना जलविद्युत आयोजना निर्माण गर्दैछ। आयोजनाको जडित क्षमता ४ मेगावाट हुने जनाएको छ। कुल लागत ९४ करोड ७२ लाख हुने अनुमान गरिएको छ जस अनुसार प्रति मेगावाट लागत २३ करोड ६८ लाख रुपैयाँ हुनेछ।