BIZMANDU
www.bizmandu.com

नेप्सेको सबैभन्दा मूल्यवान कम्पनी बन्यो युनिलिभर, कित्ताको ३७ हजार रुपैयाँ नाघ्यो

२०८० जेठ ३०

नेप्सेको सबैभन्दा मूल्यवान कम्पनी बन्यो युनिलिभर,  कित्ताको ३७ हजार रुपैयाँ नाघ्यो
नेप्सेको सबैभन्दा मूल्यवान कम्पनी बन्यो युनिलिभर, कित्ताको ३७ हजार रुपैयाँ नाघ्यो

काठमाडौं। नेपाल स्टक एक्सचेन्जको सबैभन्दा महँगो सेयर युनिलिभर नेपाल ऐतिहासिक मूल्यमा उक्लिएको छ। 

Tata
GBIME

कम्पनीको प्रति कित्ता सेयर मूल्य ३७ हजार रुपैयाँ नाघेको हो। मंगलबार मात्रै यो कम्पनीको सेयर मूल्य करिब ८ प्रतिशत बढेको छ। 

पछिल्लो बुलमा युनिलिभरको सेयर उत्साहजनक रूपले बढ्न सकेको थिएन। प्रमुख सूचक नेप्से ३२ सय पुग्दा कम्पनीको मूल्य १९ हजार ९६० रुपैयाँ थियो। अहिलेसम्म २३ हजार रुपैयाँभन्दा माथि बढ्न सकेको थिएन।

३२ सयबाट बजार घट्न थालेपछि युनिलिभर पनि घटेर १७ हजार ५४५ रुपैयाँसम्म ओर्लिएको थियो। तर बजारको पछिल्लो वृद्धिमा कम्पनीले खरिदकर्ताको राम्रो आकर्षण बटुलेको छ।

कम्पनीको लाभांश ट्रयाक रेकर्ड निकै उत्साहजनक छ। पोहोर पनि कम्पनीले १२१५ प्रतिशत नगद लाभांश दिएको थियो।