BIZMANDU
www.bizmandu.com

विदेशबाट अब इसेवा मनी ट्रान्सफरमार्फत पठाइएको रेमिटेन्स सिधै नबिल बैंकको खातामा

२०८० जेठ ३०

विदेशबाट अब इसेवा मनी ट्रान्सफरमार्फत पठाइएको रेमिटेन्स सिधै नबिल बैंकको खातामा
विदेशबाट अब इसेवा मनी ट्रान्सफरमार्फत पठाइएको रेमिटेन्स सिधै नबिल बैंकको खातामा


काठमाडौं। इसेवा मनी ट्रान्सफर र नबिल बैंकबीच रेमिटेन्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ। सम्झौताअन्तर्गत अब विदेशबाट इसेवा मनी ट्रान्सफरमार्फत पठाएको रेमिटेन्स नबिल बैंकको नेपालका सातै प्रदेशमा रहेका २५५ शाखामध्ये जुनसुकै शाखाबाट पनि झिक्न सकिने छ।

Tata
GBIME
NLIC

विदेशमा रहेका नेपालीहरुले सिधै नबिल बैंकको खातामा पैसा पठाएर नगद भुक्तानी गर्न सक्ने इसेवा मनी ट्रान्सफरले जनाएको छ।

सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरेका छन्।

इसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरुको साथै नेपालका प्रायजसो सबै बैंक तथा वित्तिय संस्थाको खातामा रेमिटेन्स भित्र्याउँदै आएको छ।

इसेवा मनी ट्रान्सफरकले सेवाग्राहीहरुलाई आफ्ना १ लाख ७५ हजार भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। इसेवा मनी ट्रान्सफर देशभरका एक करोड ६० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो।