BIZMANDU
www.bizmandu.com

सेबोनको लाइसेन्स प्रक्रिया छानबिन गर्न माग, स्पष्टीकरण दिन बोर्डलाई छलफलमा डाक्ने

२०८० जेठ २९

काठमाडौं। सांसदहरुले नयाँ स्टक एक्सचेन्ज, नयाँ ब्रोकर लाइसेन्स र कमोडिटी एक्सचेन्ज लाइसेन्स बारे उपसमिति बनाएर छानबिन गर्न माग गरेका छन्। 

Tata
GBIME

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको सोमबार भएको बैठकले यस्तो माग गरेको कांग्रेसका संसद सन्तोष चालिसेले बताए। धितोपत्र बोर्डलाई लाइसेन्स प्रक्रियाबारे स्पष्टीकरण दिन छलफलमा डाक्ने समितिले माग गरेको उनको भनाइ छ। 

बैठकमा स्टक लाइसेन्स वितरणमा बोर्ड पारदर्शी नभएको र जुनै बेला पनि बोर्डले कार्वाही अघि बढाउन सक्ने टिप्पणी उठेको थियो। सदस्यहरुले विद्यमान स्टक एक्सचेन्जको सुधार र परिमार्जनलाई बेवास्ता गरि नयाँ लाइसेन्स दिन लागेको आरोप लागाएका थिए।

केही सदस्यले कायम स्टक एक्सचेन्जले प्रभावकारी ढंगमा काम गरे नगरेको अध्ययन गर्न पनि सुझाएका थिए।