BIZMANDU
www.bizmandu.com

५० वर्ष पार गरेको अवसरमा रुस्लान भोड्का अत्याधुनिक डिजाइनको बोतलसहित बजारमा

२०८० जेठ २८

५० वर्ष पार गरेको अवसरमा रुस्लान भोड्का अत्याधुनिक डिजाइनको बोतलसहित बजारमा
५० वर्ष पार गरेको अवसरमा रुस्लान भोड्का अत्याधुनिक डिजाइनको बोतलसहित बजारमा


काठमाडौं। रुस्लान भोड्काले उत्पादनको ५० वर्ष पार गरेको छ। सन् १९७३ मा स्थापना भएको रुस्लानले आफ्नो ५ दशकको उपलब्धिलाई सम्झना गर्दै बोतल डिजाइनलाई उत्कृष्ट, आकर्षक एवं अत्याधुनिक स्वरुप दिएको छ।

Tata
GBIME
NLIC

हालै सार्वजनिक गरिएको नयाँ बोतल आकर्षक र पारदर्शी बनोटमा रहेको भन्दै कम्पनीले भोड्काको शुद्धता स्पष्टसँग बाहिरबाटै अनुभव गर्न सकिने जनाएको छ।

‘आधा शताब्दीदेखि रुस्लानले उपभोक्ताको सन्तुष्टिलाई निरन्तर पहिलो प्राथमिकता दिँदै आएको छ। ग्राहकको चाहनालाई मध्यनजगर गर्दै सिर्जनशीलता र नयाँ ब्रान्डका लागि विभिन्न समयमा परिष्कृत रुपमा उत्पादन एवं बोटलिङ गर्दै आएको छ,’ कम्पनीको विज्ञप्तिमा उल्लेख छ, ‘आगामी दिनमा पनि ग्राहकको चाहनालाई उच्चस्थान दिने प्रतिबद्धता व्यक्त गर्दछौं।’

रुस्लान भोड्का १८०, ३७५ र ७५० एमएलको प्रिमियम बोतलहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।