BIZMANDU
www.bizmandu.com

पूर्व बैंकर तथा वित्तीय क्षेत्रका हस्तीहरुले खोले गैरनाफामुलक संस्था फाइनान्सियल लिटरेसी

२०८० जेठ २६

पूर्व बैंकर तथा वित्तीय क्षेत्रका हस्तीहरुले खोले गैरनाफामुलक संस्था फाइनान्सियल लिटरेसी
पूर्व बैंकर तथा वित्तीय क्षेत्रका हस्तीहरुले खोले गैरनाफामुलक संस्था फाइनान्सियल लिटरेसी


काठमाडौं। वित्तीय स्थायित्व र साक्षरता प्रवर्द्धनसम्बन्धी लबिइङ गर्न पूर्व बैंकर तथा वित्तीय क्षेत्रका अनुभवीहरुले गैरनाफामूलक संस्था खडा गरेका छन्।

Tata
GBIME

शुक्रबार फाइनान्सियल लिटरेसी नेपालको औपचारिक उद्घाटन गर्दै उनीहरुले मुलुकमा वित्तीय साक्षरताको अभाव पूर्ति गर्न भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका हुन्।

पूर्व बैंकर भुवन दहालको अध्यक्षतामा संस्था स्थापना भएको छ। नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरि कम्पनीका सचिव हुन्। राष्ट्रपति कार्यालयका आर्थिक विज्ञ एवं नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जिवि नेपाल संस्थाका संरक्षक छन्।     

संस्था वित्तीय व्यवस्थापनबारे अर्थशास्त्री, वित्तीय क्षेत्रका विज्ञ र आर्थिक पत्रकारहरुसँग अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ। 

सँगै आम सर्वसाधारणलाई वित्तीय क्षेत्रसँग जोड्ने र त्यससम्बन्धी बुझाइलाई प्रोत्साहन गर्न मध्यमार्गी भूमिका खेल्ने उद्देश्य राखेको छ। वित्तीय साक्षरता अहिलेको आवश्यकता रहेको भन्दै नयाँ संस्था खडा गरिएको उनीहरुको भनाइ छ।