BIZMANDU
www.bizmandu.com

सेबोन अध्यक्ष हमालको चुनौती, ‘ब्रोकरको लाइसेन्स दिँदा एक कप चिया खाएको प्रमाण देखाऊ’

२०८० जेठ २५

सेबोन अध्यक्ष हमालको चुनौती, ‘ब्रोकरको लाइसेन्स दिँदा एक कप चिया खाएको प्रमाण देखाऊ’
सेबोन अध्यक्ष हमालको चुनौती, ‘ब्रोकरको लाइसेन्स दिँदा एक कप चिया खाएको प्रमाण देखाऊ’


काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले ब्रोकरको लाइसेन्स दिँदा एक कप चिया खाएको प्रमाण देखाउन चुनौती दिएका छन्।

Tata
GBIME
NLIC

नारायण सापकोटाले लेखेको सेयरपुर पुस्तकको विमोचन कार्यक्रममा उनले केही व्यक्ति अहिले पनि भ्रममा रहेको बताउँदै सेयर बजारलाई व्यवस्थित र पारदर्शी बनाउन नयाँ ब्रोकर लाइसेन्स दिएको जिकिर गरे।

‘यही कार्यक्रममा पनि केही भ्रम रहेको देखें। मैले नयाँ ब्रोकरको लाइसेन्स दिँदा सिंगापुरको मोडल अपनाएको छु,’ उनले भने, ‘मेरिटोक्रेसीका आधारमा लाइसेन्स दिँदा पनि अनावश्यक भ्रम छरेको देख्दा म अचम्ममा पर्छु।’

हमालले फोहोर पोखरी सफा गर्न आएको टिप्पणी गर्दै सेयर बजारमा आमूल परिवर्तन गर्न नयाँ स्टक एक्सचेन्ज लगायतका अरु सुधार गर्न खोजेको समेत बताए।