BIZMANDU
www.bizmandu.com

२२.९ मेगावाटको आयोजना बनाउन गौरिशंकर पावर डेभलपमेन्टले आइपीओ जारी गर्ने

२०८० जेठ २५

२२.९ मेगावाटको आयोजना बनाउन गौरिशंकर पावर डेभलपमेन्टले आइपीओ जारी गर्ने
२२.९ मेगावाटको आयोजना बनाउन गौरिशंकर पावर डेभलपमेन्टले आइपीओ जारी गर्ने

काठमाडौं। गौरिशंकर पावर डेभलपमेन्ट लिमिटेडले प्राथमिक सेयर जारी गर्ने भएको छ। आइपीओ निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले विशेष साधारण सभा डाकेको हो।

Tata
GBIME

कम्पनीले जारी पुँजीको २० प्रतिशत आइपीओ जारी गर्न प्रस्ताव गरेको हो। असार ८ गते सभा डाेकको हो।

गौरिशंकरले २२.९ मेगावाट जडित क्षमता भएको मिड होंगु खोला बी जलविद्युत आयोजना निर्माण गर्दैछ। आयोजना सोलुखुम्बु जिल्लामा छ। 

आयोजनाको अनुमानित लागत ४ अर्ब ३३ करोड रुपैयाँ छ। १८ करोड ९० लाख रुपैयाँ प्रति मेगावाट लागत हुने अनुमान छ।

हाल आयोजनामा संस्थापकहरुको २७ प्रतिशत पुँजी लगानी भएको छ। बाँकी ७३ प्रतिशत कर्जा लिएको छ। चुक्ता पुँजी २४ करोड ८० लाख रुपैयाँ छ।