BIZMANDU
www.bizmandu.com

महाराष्ट्रको पालघर रिसोर्टमा सीजीको व्यवस्थापन, नयाँ थपिएपछि भारतमा मात्रै पुग्यो १०० होटल

२०८० जेठ २४

महाराष्ट्रको पालघर  रिसोर्टमा सीजीको व्यवस्थापन,  नयाँ थपिएपछि भारतमा मात्रै पुग्यो १०० होटल
महाराष्ट्रको पालघर रिसोर्टमा सीजीको व्यवस्थापन, नयाँ थपिएपछि भारतमा मात्रै पुग्यो १०० होटल


काठमाडौं। चौधरी समुहअन्तर्गत हस्पिटालlटी म्यानेजमेन्ट कम्पनी ‘फर्न होटल एण्ड रिसोर्ट’ ले महाराष्ट्रस्थित पालघरको रिसोर्ट व्यवस्थापनको जिम्मेवारी लिएको छ।

Tata
GBIME
NLIC

८१ वटा कोठा रहेको होटल जुन महिनाभित्रै औपचारिक रुपमा संचालनमा आउने कम्पनीले जनाएको छ। योसँगै कम्पनी अन्तर्गत व्यवस्थापन हुने होटल संख्या १०० पुगेको छ।

‘भारतको पर्यटन उद्योग पुनर्उत्थानसँगै यो आर्थिक वर्ष मुनाफामा गइसकेको अवस्था छ’ द फर्न होटल एण्ड रिसोर्टका प्रवन्ध निर्देशक सुशेल कन्नामपिलीले भने, ‘हामी आफ्नो सेवा विस्तारसँगै हस्पिटालिटी उद्योगमा आफ्नो साम्राज्य खडा गर्ने दौडमा छौँ।’

यसैगरी सिजी कर्प ग्लोबल र सिजी हस्पिटालिटीका प्रवन्ध निर्देशक एवं सिइओ राहुल चौधरीले भारतमा ‘ग्रिन होटल’ को पहिचान सुरुवातसँगै पर्यावरणमैत्री सेवा दिँदै आएको बताए। महाराष्ट्रको यो रिसोर्टको व्यवस्थापन लिएसँगै कम्पनी अन्तर्गत विश्वभरका १२ मुलुकमा १५० होटल तथा रिसोर्ट आवद्धता पुगेको उनले जानकारी दिए।

‘फर्न होटलसँग सहकार्य गर्न पाउँदा हामी खुसी छौँ’ सेल्टर ग्रुप अफ होटल एण्ड रिसोर्टका प्रवन्ध निर्देशक हरिश सेट्टीले भने।

आर्थिक वर्ष सन् २०२४ मा भारतको पर्यटन उद्योग फस्टाएसँगै होटल क्षमता विस्तार हुँदै जाने केयर रेटिङ एजेन्सीले जनाएको छ।