BIZMANDU
www.bizmandu.com

सेवा गोप्य र सुरक्षित रहेको भन्दै टेलिकमले ग्राहकलाई आश्वस्त पार्‍यो, ‘निर्धक्क प्रयोग गर्दा हुन्छ’

२०८० जेठ २३

सेवा गोप्य र सुरक्षित रहेको भन्दै टेलिकमले ग्राहकलाई आश्वस्त पार्‍यो, ‘निर्धक्क प्रयोग गर्दा हुन्छ’
सेवा गोप्य र सुरक्षित रहेको भन्दै टेलिकमले ग्राहकलाई आश्वस्त पार्‍यो, ‘निर्धक्क प्रयोग गर्दा हुन्छ’

काठमाडौं। नेपाल टेलिकमले ग्राहकको गोपनीयतालाई सँधै सम्मान गर्ने र यसको सुरक्षा र गोपनियतामा कुनै सम्झौता हुन नदिने बताएको छ।

Tata
GBIME
Nepal Life

टेलिकमले मंगलबार एक विज्ञप्ति जारी गर्दै सबै ग्राहकहरूलाई आफ्नो सेवाप्रति आश्वस्त हुन अनुरोध गरेको छ।

टेलिकमको सेवाका सुरक्षा संवेदनशीलताबारे बिजमाण्डूले समाचार प्रकाशन गरेकोमा टेलिकमले आफ्नो सेवाप्रति आश्वस्त हुन भनेको हो।

टेलिकमका प्रवक्ता शोभन अधिकारीले भने-‘राज्यका अधिकार प्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुन बमोजिम सम्मानित अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकहरूले झैं कम्पनीले विवरणहरू उपलब्ध गराउने गरेको छ।’

टेलिकमले कम्पनीका सेवाहरू अत्यन्त भरपर्दा र सुरक्षित बनाई ग्राहकको गोप्यता कायम गर्न अत्यन्त संवेदनशील रहेको पनि जनाएको छ। टेलिकमले कम्पनीले सेवा निर्धक्क भएर प्रयोग गर्न समेत ग्राहकलाई अनुरोध गरेको छ। 

पछिल्लो समयमा कम्पनीका सेवाका संस्थागत प्रयोगकर्ताहरु उल्लेख्य रुपमा बढिरहेको जानकारी पनि टेलिकमले दिएको छ।