BIZMANDU
www.bizmandu.com

करको दर हेरफेर प्रकरणमा अर्थमन्त्रीको स्पष्टीकरण, ‘इमान्दार भएर काम गर्दापनि प्रश्न उठ्ने रहेछ’

२०८० जेठ २३

करको दर हेरफेर प्रकरणमा अर्थमन्त्रीको स्पष्टीकरण, ‘इमान्दार भएर काम गर्दापनि प्रश्न उठ्ने रहेछ’
Nepal BUDGET 2080-81 Finance Minister Dr. Prakash Sarad Mahat walks for the speech of new government's budget for the fiscal year 2023-24 at the Parliament House in Kathmandu, Nepal on Sunday 29 May 2023. The Nepal government has unveiled a budget of Rs17 Kharba 51 arba for the fiscal year 2023-24. Photo-Prabin Ranabhat

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा अनधिकृत व्यक्तिलाई संलग्न नगराएको दाबी गरेका छन्। विपक्षी दलले अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको र सूचना चुहाएको आरोप लगाएपछि मंगलवार प्रतिनिधि सभामा महतले जवाफ दिएका हुन्।

Tata
GBIME
Nepal Life

‘इमान्दार भएर काम गर्न कति कठिन हुँदो रहेछ। इमान्दार हुँदाखेरी प्रश्न माथि प्रश्न उठ्दोरहेछ,’ उनले भने।

महतले आफूले पुरै पारदर्शी तरिकाले काम गरेको दाबी गरे। आफूले अर्थमन्त्री भएकै दिन कसैको पनि प्रभावमा नपरेर काम गर्ने वाचा गरेको पनि महतले बताए।

‘अर्थमन्त्री हुने दिनमा नै मैले वाचा गरेँ, कुनै प्रभावबाट मुक्त भएर काम गर्छु भन्ने प्रतिबद्धता गरेको हुँ। म यो पदमा रहेसम्म जिम्मेवारीमा पूर्ण कर्तव्यनिष्ठ भएर काम गर्छु,’ उनले भने।