BIZMANDU
www.bizmandu.com

आइतबारको हाफ सेन्चुरीपछि सोमबार भने सेयर बजारमा छायो करेक्सन, झण्डै २ अर्बको किनबेच

२०८० जेठ २२

आइतबारको हाफ सेन्चुरीपछि सोमबार भने सेयर बजारमा छायो करेक्सन, झण्डै २ अर्बको किनबेच
आइतबारको हाफ सेन्चुरीपछि सोमबार भने सेयर बजारमा छायो करेक्सन, झण्डै २ अर्बको किनबेच


काठमाडौं। आइतबार सरकारले आम्दानीमा पुँजीगत लाभकर नै अन्तिम कर हुने स्पष्ट पारेपछि ५३ अंकले बढेको सेयर बजारमा सोमबार भने करेक्सन आएको छ।

Tata
GBIME
NLIC

आज नेप्से परिसूचक १७.३८ अंकले घटेर १९०१.९९ विन्दुमा झरेको छ। सोमबार कारोबार भएका सबै उपसमूहहरु घटेका छन्। सेयर बिक्री चाप बढ्दा कारोबार १ अर्ब ९७ करोड रुपैयाँ भएको छ।

आइतबार १ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।

कारोबारका आधारमा सोमबार शिवम् सिमेन्ट अग्रस्थानमा छ। कम्पनीको १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो। यस्तै आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको ९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

सेयर बजार दोहोरो अंकले घट्दा पनि रिभर फल्स पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै ग्लोबल आइएमइ ब्यालेन्स फन्ड-१ को सेयर मूल्य पनि ५.८८ प्रतिशतले बढेको छ। बीपीडब्लु लघुवित्तको सेयर मूल्य पनि ४.०२ प्रतिशतले बढेको छ।

यस्तै, शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, मेरो माइक्रोफाइनान्स, कालिका लघुवित्त र बरुण हाइड्रोपावरको सेयर मूल्य भने ४ प्रतिशतले घटेको छ।