BIZMANDU
www.bizmandu.com

राजस्व छली गर्न प्रेसको दुरुपयोग, रजनीगन्धादेखि गुट्खासम्मको तस्करी

२०८० जेठ २२

राजस्व छली गर्न प्रेसको दुरुपयोग, रजनीगन्धादेखि गुट्खासम्मको तस्करी
राजस्व छली गर्न प्रेसको दुरुपयोग, रजनीगन्धादेखि गुट्खासम्मको तस्करी


काठमाडौं। राजस्व छली गरेर ल्याएको सामानसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

Tata
GBIME

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले आइतवार राति ललितपुर महानगरपालिका-२६ चिबहालबाट सामानसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

बाराको जितपुर सिमरा-१४ डुम्बरवानाका ३४ वर्षीय दीपकप्रसाद लामिछाने र भारत बिहारको मोतिहारी छतौनीका सचिनकुमार चौरासियालाई नियन्त्रणमा लिएको हो।

राति उनीहरु सवार भएर आइरहेको वाग्मती प्रदेश ०१-०२६ च ८९८० नम्बरको गाडीको अगाडि सिसामा प्रेस लेखिएको स्टिकर टाँसिएको थियो। प्रहरीले पाएको पूर्व सूचनाअनुसार गाडी रोकेर चेक गर्‍यो। भित्र म्याद सकिएको प्रेस परिचय-पत्र भेटिएको थियो।

त्यसपछि बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुट्खाहरु, कत्थासमेत भेटिएको प्रहरीले जानकारी दिएको छ। अन्दाजी २० लाख रुपैयाँ बराबरको सामान जफत भएको हो।