BIZMANDU
www.bizmandu.com

विद्युतीय गाडी बिक्री गर्ने बीवाइडीले वातावरण दिवसको अवसर पारेर १५ सय विरुवा रोप्यो

२०८० जेठ २२

विद्युतीय गाडी बिक्री गर्ने बीवाइडीले वातावरण दिवसको अवसर पारेर १५ सय विरुवा रोप्यो
विद्युतीय गाडी बिक्री गर्ने बीवाइडीले वातावरण दिवसको अवसर पारेर १५ सय विरुवा रोप्यो


काठमाडौं। नेपालमा विद्युतीय गाडी बिक्री गर्दै आएको बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले काठमाडौंको चखन्डोल सामुदायिक वनमा १५ सय विरुवा रोपेको छ।

Tata
GBIME
NLIC

कम्पनीले विश्व वातावरण दिवसको अवसर पारेर वातावरण जोगाउन वृक्षारोपण गरेको हो। वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो र बीवाइडी गाडीको ब्रान्ड एम्बेस्डर कलाकार हरिवंश आचार्य, साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र सीइओ साहिल श्रेष्ठले संयुक्त रुपमा विरुवा रोपेर वृक्षारोपणको शुभारम्भ गरेका थिए।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व पहल अन्तर्गत ‘बिल्डिङ ड्रिम्स एण्ड फरेस्ट’ अन्तर्गत यसरी विरुवा रोपिएको जनाएको छ। कम्पनीले सोमबार रुख रोपेको स्थान २०६२ सालमा अवैध बालुवा उत्खनन र वन फँडानी भएको थियो। यो अभियानले चखन्डोल सामुदायिक वनलाई पुनर्स्थापना र पुनर्जीवित गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

रिभोलुसन प्रोजेक्टसँगको सहकार्यमा साइमेक्सले नवीन मियावाकी प्रविधि प्रयोग गरी १५०० रूख रोप्ने कार्यको नेतृत्व गर्नेछ। यो पहल बीवाइडीको भिजन ‘कुल द अर्थ बाई वान डिग्री’ दृष्टिकोणसँग मिल्ने र वातावरणीय दिगोपन र जैविक विविधता संरक्षणमा कम्पनीको अटल प्रतिबद्धता प्रदर्शन गर्ने प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताईन।

‘विगतमा धेरै क्षति व्यहोरेको चखन्डोल सामुदायिक वन यसबाट पुनर्जीवित हुने विश्वास छ,’ उनले भनिन्।

वृक्षारोपणको पहिलो वर्षमा आयोजनाले ८२७ टन अक्सिजन उत्पादन गर्ने र ३१० टन कार्बन भण्डारण गर्ने प्रक्षेपण गरिएको छ। पाँच वर्षको अवधिमा बीवाइडी वनले १५५० टन कार्बन पृथक गर्दै एक प्रभावशाली ४१३३ टन अक्सिजन उत्पादन गर्ने लक्ष्य राखेको छ।