BIZMANDU
www.bizmandu.com

एनएसीका कर्मचारीले पर्यटनमन्त्री किराँतीलाई माफी माग्न भने, कुरै नबुझी कारबाही गरेको दाबी

२०८० जेठ २१

एनएसीका कर्मचारीले पर्यटनमन्त्री किराँतीलाई माफी माग्न भने, कुरै नबुझी कारबाही गरेको दाबी
एनएसीका कर्मचारीले पर्यटनमन्त्री किराँतीलाई माफी माग्न भने, कुरै नबुझी कारबाही गरेको दाबी


काठमाडौं। टिकट काटेर जहाज चढ्न विमानस्थल पुगेका यात्रु फर्काएको भन्दै ताप्लेजुङ सरुवा गरिएपछि निगमका कर्मचारीहरुले आपत्ति जनाएका छन्।

Tata
GBIME
NLIC

नेपाल वायुसेवा निगमका कर्मचारी गगनबहादुर चन्दलाई मन्त्रीले कुरै नबुझी सस्तो लोकप्रियताका लागि मात्र सरुवा गराएको भन्दै निगम कर्मचारी संघले रोष व्यक्त गरेको हो। संघले पर्यटनमन्त्री सुदन किराँतीले सामाजिक संजालमार्फत गरेको गल्तीमा आधिकारिक सामाजिक संजालबाटै माफी माग्न समेत माग गरेको छ।

कारवाहीमा परेका कर्मचारी गगनबहादुर चन्दको गल्ती हो या होइन विषयमा तत्काल सत्य तथ्य प्रमाणसहित निष्पक्ष छानबिन गर्न संघले माग गरेको छ। माग पूरा नभए निगम अन्तर्गत कर्मचारी संघ आन्दोलनमा जाने अध्यक्ष मानबहादुर कुँवरले बताए।

‘जिम्मेवारी सम्हालेका पर्यटनमन्त्री सुदन किराँतीलाई लोड पेनाल्टी सम्बन्धी सेफ्टी अपरेसन म्यानुअलको समेत जानकारी नहुनु र सो बारेम बुझ्न नखोज्नु आफैंमा त्रुटिपूर्ण देखन्छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘कर्मचारीलाई कारबाही गरेको भनी आफ्नै सामाजिक संजालबाट अतिरञ्जीत गरिएको छ। पदको दुरुपयोग गरिएको छ।’

भएको के थियो?

२०८० जेठ १० को काठमाडौं-ताप्लेजुङ उडान मौसमी प्रतिकुलताका कारण रद्द भएपछि यात्रु ठाकुर सिंह भण्डारी जेठ १७ गते विमानस्थल पुगेका थिए। १४ वटा टिकट अग्रिम बिक्री भईसकेको जानकारी स्वयंम यात्रुले निगमबाट प्राप्त गरिसकेका थिए।

यो समय लोड पेनाल्टीका कारण ती यात्रुलाई लान नसकिने व्यहोरा जनाउँदा नबुझी यो आरोप खेपाइदिएको संघले दाबी गरेको छ।

गत बुधबार काठमाडौं-ताप्लेजुङ उडानका लागि निगमको टिकट काटेर बोर्डिङ पाससहित जहाजको ढोकामा पुगेका ठाकुरसिंह भण्डारीलाई फर्काइदिएको भन्दै काठमाडौंका इन्चार्ज गगनबहादुर चन्दलाई कारबाही गरेको थियो।