BIZMANDU
www.bizmandu.com

अरुण उपत्यकामा जलविद्युत थपिँदै, १३२ मेगावाटको तल्लो वरुण स्वीकृतिको चरणमा

२०८० जेठ २०

अरुण उपत्यकामा जलविद्युत थपिँदै, १३२ मेगावाटको तल्लो वरुण स्वीकृतिको चरणमा
अरुण उपत्यकामा जलविद्युत थपिँदै, १३२ मेगावाटको तल्लो वरुण स्वीकृतिको चरणमा

काठमाडौं। संखुवासभाको भोटखोला गाविसमा पर्ने अरुण उपत्यकाको एक भागमा १३२ मेगावाटको जलविद्युत आयोजना निर्माण हुने भएको छ। सम्भाव्यता अध्ययनपछि तल्लो वरुण जलविद्युत आयोजना निर्माण थाल्न एम्पिक इनर्जी प्रालिले स्वीकृति मागेको विद्युत विकास विभागले जनाएको छ।

Tata
GBIME
Nepal Life

मकालु वरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र वरुण खोलाको पानी उपयोग गर्दै ‘रन अफ दी रिभर’ (बहावमा आधारित) आयोजना निर्माण प्रस्ताव गरिएको हो।

५ वर्षमा निर्माण पुरा हुने भनिएको आयोजनाको अनुमानित लागत २० अर्ब १२ करोड ८७ लाख रुपैयाँ छ।  विभागका अनुसार आयोजनाबाट वार्षिक सरदर ४९४.४८२ गिगावाट घन्टा विद्युत उत्पादन हुने सम्भाव्यता अध्ययन छ। बाँधस्थलबाट प्रत्येक महिना नदिको बहाव ५० प्रतिशत छाड्न प्रस्ताव गरिएको छ।

१८.४४ घनमिटर प्रति सेकेन्ड डिजाइन डिस्चार्ज रहेको आयोजनाका लागि खोलाको पानी फर्काउन २० मिटर चौडाइ र ५ मिटर उचाइको बाँध निर्माण गर्ने प्रस्ताव छ। आयोजनाको विद्युतगृहमा ६ वटा भर्टिकल टर्बाइन रहनेछ। विद्युत उत्पादनपछि पानीलाई ५०५.७५ मिटर लम्बाइ र ४.६ मिटर व्यास भएको टेलरेस टनेलमार्फत पुनः वरुण खोलामा खसालिने छ।

उत्पादित बिजुली १.७३ किलोमिटर लम्बाइको २२० केभी प्रसारणलाइनमार्फत माथिल्लो अरुण जलविद्युत आयोजनाको स्वीचयार्डमा जोडिनेछ।

आयोजना अरुण उपत्यकामध्येको एउटा भाग मकालु वरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ। यो आयोजना निर्माण गर्दा प्रतिकूल प्रभाव पर्ने भए ३५ दिनभित्र प्रतिक्रिया पठाउन विभागले शनिवार सूचना जारी गरेको हो।